Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवर्द्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवर्द्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने

10/18/2026, 2:22:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवर्द्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसअघि क्लबस्तरमा केन्द्रित रहेको सहभागिता यसपटक भने राष्ट्रियस्तरमा व्यावसायिक साझेदारका रूपमा विस्तार गरिएको उनले बताए । दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ । उनले भने, ‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ । यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ। यसको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सहयोग गर्नु हो ।’ उनले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उन्नत बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रायोजन गरिएको उनले स्पष्ट पारे। अधिकारीले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त भएको विषयमा नेपाल क्रिकेट संघलाई बधाईसमेत दिए । उनले यसलाई नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गाका रूपमा व्याख्या गरे । उनले भने, ‘यो प्रायोजनलाई व्यावसायिक प्रवद्र्धनमा मात्र सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का रूपमा पनि हेरेका छौँ । नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा यसको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा थप उन्नति गर्न एनपीएलमार्फत सहयोग पुग्ने विश्वास लिएका छौँ । एनपीएलले आईसीसीबाट औपचारिक मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि र कोसेढुङ्गा हो । यसका लागि नेपाल क्रिकेट संघलाई बधाई दिँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु ।’ आगामी दिनमा एनपीएल अघिल्ला दुई सिजनभन्दा अझ व्यापक, परिष्कृत र दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गर्दै अधिकारीले प्रतियोगिताले नेपालसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा समेत विशिष्ट प्रभाव पार्ने अपेक्षा गरे । उनले एनपीएलको सफलताका लागि नेपाल क्रिकेट संघलाई शुभकामना दिँदै प्रायोजनका लागि नेपाल टेलिकमलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरे । एनपीएलमार्फत कम्पनीको व्यावसायिक प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई अघि बढाउने अवसर प्राप्त भएको उल्लेख गर्दै अधिकारीले यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन
OthersJust now

आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन

१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन् । पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्की प्रमुख अतिथि थिए । मर्भुङ… ...

अनलाइन खबर
केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ
OthersJust now

केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ

युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् । केही दिनअघि मात्र पाँचथर पुगेका उनीहरू… ...

अनलाइन खबर
‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
OthersJust now

‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !

आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ। ...

अनलाइन खबर
कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्‍यो ब्राउन सुगर, एक जना पक्राउ
OthersJust now

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्‍यो ब्राउन सुगर, एक जना पक्राउ

१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो । सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play