Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् । आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उनको भनाइ छ । तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापनबारे कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा विद्युत् प्रणाली सञ्चालन, आपूर्ति व्यवस्थापन र सम्भावित प्राविधिक चुनौती समाधानका विषयमा छलफल भएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आपूर्ति व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालयलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन् । प्रसारण लाइन तथा वितरण प्रणालीमा बाँकी रहेका निरीक्षण र मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिनेछ । त्यस्तै, विद्युत् सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रबीच निरन्तर समन्वय र अनुगमन गरिने प्राधिकरणले जनाएको छ । यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युतीय उपकरण र तार सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत् आपूर्तिसम्बन्धी समस्या आए नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी

२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन् । टर्कीको अन्ताल्यामा यही कात्तिक २३ गतेदेखि सुरु हुने कोप–३१ सम्मेलनमा नेपालले जलवायु वित्त अनुदानका रूपमा पाउनुपर्ने, हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा राख्नुपर्ने र जलवायुजन्य विपद्बाट भएको… ...

अनलाइन खबर
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
OthersJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ ...

पर्दाफास
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
OthersJust now

तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play