Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

Share:WhatsAppFacebookX (Twitter)Telegram
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Photo / Coverage: पर्दाफास

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा एनआरएनए उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायतको सहयोग रहेको थियो । काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । काग तिहार यमपञ्चकको पहिलो दिन मनाइने पर्व हो । नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ । कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ । प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ । कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन् । मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि आकर्षणको विषय बन्ने गरेको छ । गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ सम्मेलन आयोजना गरेका हुन्। उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका छन् । दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ । कागसँग उसको भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको अनुभव छ । आयोजकका अनुसार काग सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ । काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ । कार्यक्रमको जनसवाल पब्लिकेशन मिडिया पार्टनरको रुपमा रहेको थियो । दुलालले विगत दुईदशकयता काग तिहारको अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी

२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन् । टर्कीको अन्ताल्यामा यही कात्तिक २३ गतेदेखि सुरु हुने कोप–३१ सम्मेलनमा नेपालले जलवायु वित्त अनुदानका रूपमा पाउनुपर्ने, हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा राख्नुपर्ने र जलवायुजन्य विपद्बाट भएको… ...

अनलाइन खबर
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
OthersJust now

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका ...

पर्दाफास
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
OthersJust now

तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play