Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा
Photo / Coverage: नेपालन्युज

पाल्पा। पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्। पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ। तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोइराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त छन्। उनहरु आमा छोरा हुन्। धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन्। फार्ममा अहिले ढकमक्क फूल फुलेका छन्। चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ। फूल खेतीबाट यस वर्ष करिब ६ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताउँछन्। उनका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ। तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ। उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उनको भनाइ छ। फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आएका छन्। आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो। वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ। उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको उनको भनाइ छ। बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गरेका छन्। बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन्। श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गरेका छन्। चाडपर्व लागेसँगै उनको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ। जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भालगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !
Latest NewsJust now

नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बहुप्रतीक्षित ‘नेपाल हाउस’ निर्माण परियोजना विवादमा परेको छ । जापानमा रहेका नेपालीबाट करोडौँ रुपैयाँ संकलन गरेर अघि बढाइएको परियोजनाका लागि खरिद प्रक्रिया अघि... ...

रातोपाटी
ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
Latest NewsJust now

ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला । ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन् । स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन... ...

रातोपाटी
दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग
Latest NewsJust now

दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play