Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन । सीएनएनको विश्लेषणअनुसार ट्रम्पले रुससँगको सहमतिलाई युद्ध अन्त्य गर्ने अवसरका रूपमा हेरेका छन् भने पुटिनले अमेरिकासँगको वार्ताबाट रुसको रणनीतिक हित अघि बढाउन खोजिरहेका छन् । रुसमाथिका प्रतिबन्ध, ऊर्जा व्यापार र युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताका महत्त्वपूर्ण पक्ष हुन् । रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । तर, युद्ध अन्त्य गर्ने सर्तमा रुस र युक्रेनबीच अझै मतभेद छन् । रुसले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रणको माग गर्दै आएको छ । युक्रेनले भने आफ्नो भूभाग त्याग्ने विषयमा असहमति जनाउँदै आएको छ । युक्रेनको सुरक्षा प्रत्याभूति र भविष्यमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन पाउने विषय पनि विवादका प्रमुख मुद्दा हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारिरहेका छन् । तर, त्रिपक्षीय वार्ताका लागि सहमति हुनु र युद्ध अन्त्य गर्ने सम्झौता हुनु फरक विषय हुन् । वार्ता अघि बढे पनि त्यसले युद्ध अन्त्य गर्ने ठोस सहमतिको रूप लिन्छ कि लिँदैन भन्ने स्पष्ट भइसकेको छैन । रुस र युक्रेनबीच जारी युद्ध २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि चर्किएको थियो । यद्यपि, दुई देशबीचको द्वन्द्व सन् २०१४ मै सुरु भएको थियो । त्यतिबेला रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेको थियो भने पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थित सशस्त्र समूह र युक्रेनी सेनाबीच लडाइँ सुरु भएको थियो । रोयटर्सकाठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन । सीएनएनको विश्लेषणअनुसार ट्रम्पले रुससँगको सहमतिलाई युद्ध अन्त्य गर्ने अवसरका रूपमा हेरेका छन् भने पुटिनले अमेरिकासँगको वार्ताबाट रुसको रणनीतिक हित अघि बढाउन खोजिरहेका छन् । रुसमाथिका प्रतिबन्ध, ऊर्जा व्यापार र युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताका महत्त्वपूर्ण पक्ष हुन् । रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । तर, युद्ध अन्त्य गर्ने सर्तमा रुस र युक्रेनबीच अझै मतभेद छन् । रुसले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रणको माग गर्दै आएको छ । युक्रेनले भने आफ्नो भूभाग त्याग्ने विषयमा असहमति जनाउँदै आएको छ । युक्रेनको सुरक्षा प्रत्याभूति र भविष्यमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन पाउने विषय पनि विवादका प्रमुख मुद्दा हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारिरहेका छन् । तर, त्रिपक्षीय वार्ताका लागि सहमति हुनु र युद्ध अन्त्य गर्ने सम्झौता हुनु फरक विषय हुन् । वार्ता अघि बढे पनि त्यसले युद्ध अन्त्य गर्ने ठोस सहमतिको रूप लिन्छ कि लिँदैन भन्ने स्पष्ट भइसकेको छैन । रुस र युक्रेनबीच जारी युद्ध २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि चर्किएको थियो । यद्यपि, दुई देशबीचको द्वन्द्व सन् २०१४ मै सुरु भएको थियो । त्यतिबेला रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेको थियो भने पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थित सशस्त्र समूह र युक्रेनी सेनाबीच लडाइँ सुरु भएको थियो । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सिन्धुलीकाे सुनकाेसीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु
ताजा खबरJust now

सिन्धुलीकाे सुनकाेसीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु

• सिन्धुलीको सुनकोशी गाउँपालिका–१ मा पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। • दशैं मनाउन माइती आएकी सतीदेवी कोइराला र उनकी छोरी पोखरीमा नुहाइरहेका बेला डुबेका थिए। • घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
ताजा खबरJust now

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ। बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि ...

नेपालन्युज
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
ताजा खबरJust now

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play