Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ। बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए। उहाँका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ। यसले गर्दा पानीको सहजता भएको छ। विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताउनुभयो। विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरु अहिले हराभरा हुने गरेको उनको भना छ। उनका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताउनुभयो। सोही ड्याममा डुंगा पनि छ। त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
ताजा खबरJust now

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो

इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा... ...

रातोपाटी
कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
ताजा खबरJust now

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । ...

कान्तिपुर
धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी
ताजा खबरJust now

धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गxaaoथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी ...

नेपालन्युज
टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास
ताजा खबरJust now

टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास

बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोली प्रहारको प्रयासले भारतीय फिल्म उद्योगमा संगठित अपराधको पुरानो त्रास फेरि बल्झाएको छ । घटनामा अभिनेता श्राफ सकुशल रहे पनि उनका चालक र घटनाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play