धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गxaaoथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ। यसैगरी बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ स्थित सोतिमा रहेको फलामे पुल र गोरखा–आरुघाट–धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकाको नयाँपुल क्षेत्रमा भने साना सवारी साधन मात्र आवतजावत गर्न सक्ने गरी बाटो सञ्चालनमा रहेको छ। प्रहरीका अनुसार अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन र पहिरो पन्छाउने कार्य जारी रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विदेश नगई थ्रेसर चलाएर गाउँमै स्वरोजगार बने अमजत
• बाँकेका अमजत अली शेखले थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेका छन्। • उनले धानको मुख्य याममा थ्रेसर मेसिनबाट प्रति घण्टा रु २,५०० सेवा शुल्क लिई करिब रु १,५०,००० मुनाफा कमाउने गरेका छन्। • आधुनिक कृषि प्रविधिको प्रयोगले परम्परागत खेती प्रणालीलाई सहज बनाएको र किसानहरूको काममा समय र खर्चको बचत भएको छ। ...

कावासोतीमा साथीकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, परिवारले उठायो प्रश्न
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो । हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही ...

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक... ...

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै
अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको उक्त चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो। ...


