महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, बिहान ५ बजेदेखि भक्तजनका लागि खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तलेजु भवानीलाई असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तलेजु भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

देशभर महानवमी पर्व मनाइँदै, शक्तिपीठमा भक्तजनको भीड
काठमाडाैं । दुर्गा भवानीको विशेष पूजाआराधना गरी आज देशभर महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ । महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवीलाई चढाउनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी ...

आजको मौसम : हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
• देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल। • कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा पनि आंशिक बादल, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना, राति आंशिक बादल लाग्ने। ...

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ। ...

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
सङ्खुवासभा। अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो। गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो। किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) ...


