Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अवरुद्ध खाँदबारी–किमाथाङ्का  सडक पुनः सञ्चालनमा

सङ्खुवासभा। अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो। गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो। किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) मार्फत ठूला–ठूला विशाल चट्टानलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टान हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपर्ने परेको थियो। नेपाल–चीन व्यापारिक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ। साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ। आयोजना प्रमुख गुरुङले भने, “भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो।” सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो। सडक आयोजना कार्यालयले अन्य सडकखण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ। कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनीतिक रूपमा महत्त्वपूर्ण यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ। भौगोलिक रूपमा अति विकट र कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किमिमध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो। कडा चट्टान र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरी गत वैशाखमा हस्तान्तरण गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ। किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन्। सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पुर्‍याएको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
ताजा खबरJust now

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त

काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत... ...

रातोपाटी
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
ताजा खबरJust now

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

• बेनी–जोमसोम–कोरला सडकमा मनसुन विपद्बाट करिब रु एक अर्बको क्षति भएको छ, पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। • कालीगण्डकी नदीको बाढी र पहिरोले १० ठाउँमा सडक बगाएको र ५० ठाउँमा क्षति पुगेको छ, जसले यातायातमा समस्या सिर्जना गरेको छ। • नेपाल सरकारका मन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा बजेटको कमी हुन नदिने र ...

नेपालबहस
विपद्ले बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति
ताजा खबरJust now

विपद्ले बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको झरीपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ...

नेपालन्युज
खोलियो तलेजु भवानी मन्दिर, दर्शनार्थीको घुइँचो (फोटोफिचर)
ताजा खबरJust now

खोलियो तलेजु भवानी मन्दिर, दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play