देशभर महानवमी पर्व मनाइँदै, शक्तिपीठमा भक्तजनको भीड

काठमाडाैं । दुर्गा भवानीको विशेष पूजाआराधना गरी आज देशभर महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ । महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवीलाई चढाउनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ । यस दिन पशुबलि दिने चलनसमेत रहेको छ। विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिइन्छ । कतिपय स्थानमा पञ्चबलि दिने प्रचलन पनि छ । पशुबलि नदिने तथा शाकाहारीले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिका रूपमा चढाउने गर्छन् । यसका साथै पायस पनि अर्पण गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाे विश्वास छ । यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ लिने गरिन्छ । नवरात्रको अन्तिम दिन महानवमीमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गर्ने परम्परा छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ । महानवमीसँगै दसैँको धार्मिक र सांस्कृतिक उल्लास थप बढेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
• तलेजु भवानी मन्दिर वर्षको अधिकांश समय बन्द रहन्छ, तर महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुल्छ, जसले भक्तजनको आस्था निरन्तर कायम रहन्छ। • मन्दिरको ऐतिहासिक महत्त्व मल्लकालीन इतिहास र सांस्कृतिक परम्पसँग जोडिएको छ, जहाँ देवीको पूजा र धार्मिक आस्था राज्यको कल्याणसँग सम्बन्धित थियो। • तलेजु मन्दिरको खुल्ने परम्परा र यसको ऐतिहासिक कारणको स्पष्टता खोज्न थप अध्ययन र संवाद आवश्यक छ। ...

वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य के हो?
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ? ...

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत... ...



