महाअष्टमीमा राजदेवी मन्दिरमा खोँइछ भर्ने भक्तजनको घुइँचो (फोटो फिचर)

जनकपुरधाम।महाअष्टमीका अवसरमा मिथिलाञ्चलका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। जनकपुरधामस्थित राजदेवी मन्दिरसहित रामानन्द चोक, पिडरीयामाई स्थानलगायतका शक्तिपीठमा खोँइछ भर्न महिला श्रद्धालुको लामो लाइन लागेको छ। महिलाहरूले देवीलाई खोँइछ भर्ने र पुरुषहरूले प्रसाद चढाउने परम्परा छ। कतिपय शक्तिपीठमा निशा पूजा राति हुने भएकाले बिहान खोँइछ भर्ने गरिन्छ भने अधिकांशमा बिहानैदेखि यो क्रम जारी छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिला श्रद्धालुको ठूलो भीड लाग्ने गर्छ। मिथिलामा छोरीको बिदाइअघि खोँइछ दिने परम्परासमेत छ। पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, फूल र फल नयाँ कपडामा बाँधेर खोँइछ दिने चलन छ। साथै शृङ्गारका सामग्रीसमेत दिने गरिन्छ। खोँइछ भर्दा धनधान्य प्राप्त हुनुका साथै घरपरिवारमा सुख, शान्ति कायम हुने जनविश्वास छ। महाअष्टमीको साँझदेखि राजदेवी मन्दिरमा बोका बलि दिने कार्यक्रमसमेत हुने भएकाले नेपालका विभिन्न स्थान र भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालुहरू आउने गर्छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको ...

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग
म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा ...

करदाता प्रोत्साहन कार्यक्रम : ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडाैं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत ...

कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै ...


