कोजाग्रत पूर्णिमामा यस पटक कांग्रेसको चियापान कार्यक्रम नहुने

काठमाडौं।नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र मुलुक शोकमा रहेकाले कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट ठूलो क्षति भएको उल्लेख छ। विपद्का कारण जनधनको क्षति भएको तथा धेरै मानिस बेपत्ता रहेको अवस्थामा यस वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको सूचनामा जनाइएको छ। कांग्रेसले चियापान कार्यक्रमको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै पार्टीका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापान समारोह सुरु गरेको जनाएको छ। आपसी सद्भाव र सौहार्दता अभिवृद्धि गर्नुका साथै शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सुरु भएको उक्त कार्यक्रम केही वर्ष बाहेक हरेक वर्ष आयोजना हुँदै आएको थियो। यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन्। विपद्बाट प्रभावित नागरिकप्रति संवेदनशील हुँदै चाडपर्व मनाउन उनले आग्रह गरेका हुन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !
मस्को/वासिङ्टन- रूससँग करिब ५ वर्षदेखि युद्ध लडिरहेको युक्रेनसामु अब नयाँ सङ्कट पैदा भएको छ। अमेरिकी हतियार र गुप्तचर सूचनाको भरमा युक्रेनी सेना रुसी आक्रमणको सामना गरिरहेको छ। तर, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ। ट्रम्पले एक साताभित्रै यस्ता चार कदम चाले, जसले युक्रेनका कठिनाइ बढाएका छन्। अब प्रश्न उठ्छ- […] ...

३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी
काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन्। नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट दसैँका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो। महाअष्टमीका दिन काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा चर्चित कलाकारद्वय दीपकराज गिरी र ...
![महाअष्टमी भगवतीको प्राकट्य दिवस, विशेष महत्व [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niraula-31-06.jpg)
महाअष्टमी भगवतीको प्राकट्य दिवस, विशेष महत्व [भिडियो]
देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरि महाअष्टमी पर्व मनाउने चलन छ । ...

लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस
पोखरा– पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस गरेको छ । गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही गर्न नेकपा (एमाले) गण्डकी संसदीय समितिले सिफारिस गरेको हो । एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार ...


