Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस

लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस

10/18/2026, 1:15:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस

पोखरा– पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस गरेको छ । गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही गर्न नेकपा (एमाले) गण्डकी संसदीय समितिले सिफारिस गरेको हो । एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूले पदीय मर्यादा र पार्टीको विधानविपरीत काम गरेको निष्कर्ष निकालिएको छ । समितिले प्रतिवेदन संसदीय दलका नेता खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ । पार्टी विधान, प्रदेश सभा संसदीय दलको विधान र मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहिता उल्लंघन गरेको भन्दै दुवै जनामाथि कडा कारबाही गर्न सिफारिस गरिएको हो । पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमसँग घुस डिल गरेको विषय सार्वजनिक भएपछि एमाले र गण्डकी प्रदेश सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

युरोपभर अस्थिरता  : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
ताजा खबरJust now

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

कान्तिपुर
सख्या नाचले गुल्जार गाउँबस्ती
ताजा खबरJust now

सख्या नाचले गुल्जार गाउँबस्ती

“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

नेपालन्युज
विवाह अघि र पछिको दसैँ
ताजा खबरJust now

विवाह अघि र पछिको दसैँ

वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

रातोपाटी
करदातालाई बम्पर उपहार
ताजा खबरJust now

करदातालाई बम्पर उपहार

काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play