Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी

३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन्। नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट दसैँका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो। महाअष्टमीका दिन काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर उपहारको कुपन नम्बर छनोट गरेका थिए। विजेता घोषणा भएलगत्तै कलाकार गिरी र निरौलाले कार्यक्रमस्थलबाटै सन्त माया तामाङलाई टेलिफोन गरेका थिए। फोनमा १० लाख रुपैयाँको उपहार परेको खबर सुन्दा उनले सुरुमा विश्वास गर्न सकिनन्। उनलाई कसैले जिस्क्याउन ‘प्र्याङ्क’ गरेको जस्तो लागेको थियो। पछि कलाकार गिरी र निरौलाले आफ्नो परिचय दिँदै यो कुनै ठट्टा नभई नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको स्पष्ट पारेका थिए। कुराकानीका क्रममा कलाकारहरूले १० लाख रुपैयाँको उपहार दाबी गर्न खरिद गरेको सामानको बिल अनिवार्य चाहिने भएकाले बिल सुरक्षित राख्न आग्रह गरेका थिए। साथै, कलाकार दीपाश्री निरौलाले तामाङलाई आफ्नो चलचित्र ‘छ माया छपक्कै २’ को टिकटसमेत निःशुल्क उपलब्ध गराउने घोषणा गरिन्। आन्तरिक राजस्व विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म वस्तु तथा सेवा खरिद गर्दा बिल लिएका सेवाग्राहीलाई यस गोलाप्रथामा समावेश गरिएको थियो। उक्त अवधिमा बिल इन्ट्री गरेका तथा डिजिटल (क्यूआर) भुक्तानी गरेका गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार प्रणालीमा सहभागी भएका थिए। सोही कार्यक्रममा असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिन एक–एक जनाका दरले कुल १६ जना दैनिक विजेता पनि घोषणा गरिएको छ। उनीहरूले जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँको उपहार पाउनेछन्, जसमा कर कट्टीपछि एक लाख रुपैयाँ प्राप्त हुनेछ। विभागका अनुसार बम्पर उपहार विजेता तामाङसहित सबै विजेताले दसैं बिदा सकिएपछि कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर उपहार रकम दाबी गर्नुपर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

युरोपभर अस्थिरता  : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
ताजा खबरJust now

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

कान्तिपुर
सख्या नाचले गुल्जार गाउँबस्ती
ताजा खबरJust now

सख्या नाचले गुल्जार गाउँबस्ती

“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

नेपालन्युज
विवाह अघि र पछिको दसैँ
ताजा खबरJust now

विवाह अघि र पछिको दसैँ

वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

रातोपाटी
करदातालाई बम्पर उपहार
ताजा खबरJust now

करदातालाई बम्पर उपहार

काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play