Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामाअष्ट्रेलिया मा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताए। उनका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा रहेका गाउँपालिकाले विवरण संकलन गरेको छ। फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ, पालसीङ बढी प्रभावित भएका छन् । तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए। ’तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,’ उनले भने, ’दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ।’ उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ। बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन संघीय तथा प्रदेश सरकार, दातृ निकाय र दातासँग समन्वय भइरहेको उनले बताए। रासस The post बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !
ताजा खबरJust now

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !

मस्को/वासिङ्टन- रूससँग करिब ५ वर्षदेखि युद्ध लडिरहेको युक्रेनसामु अब नयाँ सङ्कट पैदा भएको छ। अमेरिकी हतियार र गुप्तचर सूचनाको भरमा युक्रेनी सेना रुसी आक्रमणको सामना गरिरहेको छ। तर, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ। ट्रम्पले एक साताभित्रै यस्ता चार कदम चाले, जसले युक्रेनका कठिनाइ बढाएका छन्। अब प्रश्न उठ्छ- […] ...

काठमाण्डुपाटी
३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी
ताजा खबरJust now

३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन्। नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट दसैँका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो। महाअष्टमीका दिन काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा चर्चित कलाकारद्वय दीपकराज गिरी र ...

केन्द्रबिन्दु
लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस
ताजा खबरJust now

लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस

पोखरा– पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस गरेको छ । गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही गर्न नेकपा (एमाले) गण्डकी संसदीय समितिले सिफारिस गरेको हो । एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play