Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने

कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसले जारी गरेको विज्ञप्तिमा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्‍याएको उल्लेख गरिएको छ। देशले दुःखद् परिस्थिति सामना गरिरहेका बेला कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ। भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सयभन्दा बढी आफन्तको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद् घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ।’ नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। बीपी कोइराला १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक चियापान समारोह आयोजना गरिएको थियो। त्यसयता केही वर्ष कार्यक्रम आयोजना हुन नसकेको बाहेक कांग्रेसले हरेक वर्ष सोही तिथिमा चियापान गर्दै आएको छ। यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको अवस्थामा चाडपर्व मनाउँदा भड्किलो शैली नअपनाई शान्त र संयमित भएर परिवारमा सीमित रहन आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘शोकको यो घडीमा चाडपर्व मनाउँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन पनि सभापति गगनकुमार थापाले आग्रह गर्नुभएको छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !
ताजा खबरJust now

एक सातामा ट्रम्पका चार कदम : जसले युक्रेनलाई संकटमा धकेल्यो, पुटिनलाई फाइदै फाइदा दिलायो !

मस्को/वासिङ्टन- रूससँग करिब ५ वर्षदेखि युद्ध लडिरहेको युक्रेनसामु अब नयाँ सङ्कट पैदा भएको छ। अमेरिकी हतियार र गुप्तचर सूचनाको भरमा युक्रेनी सेना रुसी आक्रमणको सामना गरिरहेको छ। तर, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ। ट्रम्पले एक साताभित्रै यस्ता चार कदम चाले, जसले युक्रेनका कठिनाइ बढाएका छन्। अब प्रश्न उठ्छ- […] ...

काठमाण्डुपाटी
३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी
ताजा खबरJust now

३ हजारको सामान किन्दा सन्त मायालाई १० लाख, दीपकराज–दीपाश्रीले दिए जानकारी

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्त माया तामाङले जितेकी छन्। नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट दसैँका लागि ३ हजार रुपैयाँको सामग्री खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो। महाअष्टमीका दिन काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा चर्चित कलाकारद्वय दीपकराज गिरी र ...

केन्द्रबिन्दु
लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस
ताजा खबरJust now

लाखौं रकम घुस डिल प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २ जनालाई कारबाही सिफारिस

पोखरा– पद्म नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुस डिल गरेको आरोपमा पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही सिफारिस गरेको छ । गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाही गर्न नेकपा (एमाले) गण्डकी संसदीय समितिले सिफारिस गरेको हो । एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play