भारत–अमेरिका व्यापार सम्झौता नजिक

नयाँदिल्ली।भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताए। उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए। भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए। रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखे। भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। उनको भ्रमणले दुई देशबीच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। -रासस /एएनआइ
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार ...

टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल
काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

बाढीले खोस्यो दसैंको खुसी
बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन ...



