Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको तुलनामा दिउँसो उपत्यकाका सडकमा चहलपहल बढाएको छ। घटस्थापनापछि ठूलो संख्यामा नागरिक दशैँ मनाउन गाउँघर फर्किएपछि काठमाडौं उपत्यका केही दिनयता शान्त देखिएको थियो। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। कोटेश्वर, नयाँ बानेश्वर, कलंकी, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। दशैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा केही असहजता भएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग बढेको छ। यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक प्रहरी परिचालन र जाँचलाई तीव्रता दिएको जनाएको छ। विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी दिनमा पनि उपत्यकाभित्र र जिल्लाहरूबीचको आवतजावत बढ्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
ताजा खबरJust now

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका

काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ... ...

रातोपाटी
एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने
ताजा खबरJust now

एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा ... ...

नेपालखबर
क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
ताजा खबरJust now

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

गोरखापत्र
नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
ताजा खबरJust now

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:

भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play