Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार राईका अनुसार भ्रमणमा उनका आफन्त कैलाश भण्डारी पनि सँगै जानेछन् । चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) का अनुसार फोरममा विश्वका विभिन्न देशका राजनीतिक, कूटनीतिक, शैक्षिक, व्यावसायिक, सञ्चारमाध्यम तथा युवा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ । फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र विश्वव्यापी शासन प्रणालीमा सुधार ल्याउने विषयमा छलफल हुनेछ । त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई), साइबरस्पेस र अन्तरिक्षको शासन व्यवस्थासँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग तथा विज्ञान र प्रविधिमा भएका प्रगतिबाट सबै देशले समान रूपमा लाभ लिन सक्ने उपायबारे पनि छलफल गरिने आयोजकले जनाएको छ । The post ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
ताजा खबरJust now

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका

काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ... ...

रातोपाटी
एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने
ताजा खबरJust now

एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा ... ...

नेपालखबर
क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
ताजा खबरJust now

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

गोरखापत्र
नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
ताजा खबरJust now

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:

भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play