Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बुधबार कुन राशिको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुधबार कुन राशिको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक १८ गते बुधबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । समयमा काम सकाउन मुस्किल पर्नेछ । शरिरमा आलस्यता उत्पन्न हुनेछ । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । मिथुन मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरि मनग्य आम्दानि गर्न सकिनेछ । कर्कटकर्कट राशिका लागि आज समय राम्रो छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा आउने छ । मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सिंह सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । पढाई लेखाईमा प्रगति हुने छ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । स्वास्थ्यमा सुधार आउने छ । कन्याकन्या राशि भएकाहरूका लागि आज समय खराब छ । सहकर्मीबाट असहयोग हुनेछ । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्नेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । वृश्चिकवृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । पैसा माग्नेदेखि सजक रहनुहोला । तपाईलाई आश्वासन मात्र बाँढन्छन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घ धनु धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँनेछन् । शत्रुहरु सलबलाउँनेछन् । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो यात्रा हुनेछ । कुम्भकुम्भ राशिका लागि पनि आज दिन राम्रो रहेको छ । कामबाट राम्रो आम्दानी हुनेछ । नयाँ कामको सुरुवात हुने छ । पद प्राप्तिको योग रहेको छ । मीनमीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा सफलता हात लाग्ने छ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । धन प्राप्त हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएल : पोखरालाई हराउँदै लुम्बिनी शीर्षस्थानमा
Latest NewsJust now

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

काठमाडौं । पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा पोखरालाई आठ विकेटले हराउँदै लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो । शीर्ष स्थानमा उक्लेको लुम्बिनीको तालिकामा पाँच अंक छ ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा प्रतियोगिताको तयारीले तीव्रता पाएको छ । सोमबारदेखि प्रतियोगिताको औपचारिक ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुर्खेत पुगेर रंगशाला तथा खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गर्दै दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली तयार रहेको बताउनुभएको छ । खेलकुद ...

हिमालय टाइम्स
थाइल्याण्डमाथि नेपालको सानदार जित, अपराजित रहँदै सेमिफाइनलमा
Latest NewsJust now

थाइल्याण्डमाथि नेपालको सानदार जित, अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्याण्डको ‘ए’ टोलीलाई नौ विकेटले पराजित गर्दै नेपालले समूह चरणमा शतप्रतिशत जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५.४ ओभरमा १९ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन ...

हिमालय टाइम्स
मेलबर्नमा अन्तिम खेल खेल्ने म्याक्सवेलको इच्छा अधुरै
Latest NewsJust now

मेलबर्नमा अन्तिम खेल खेल्ने म्याक्सवेलको इच्छा अधुरै

सिड्नी । अष्ट्रेलियाका ३८ वर्षीय दिग्गज अलराउण्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटका साथै प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेटबाट पनि सन्न्यासको घोषणा गर्नुभएको छ । यद्यपि, उहाँ बिग ब्यास लिगमा भने मेलबर्न स्टार्सका लागि खेलिरहनुहुनेछ, जहाँ उहाँको सम्झौता २०२७-२८ सिजनसम्म थप गरिएको छ । म्याक्सवेलले गत वर्षको जुन महिनामै एकदिवसीय क्रिकेट छाडिसक्नुभएको थियो तर आफूलाई टी-२० अन्तर्राष्ट्रियका लागि तयारी अवस्थामा राख्दै ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play