पक्राउ परेका सबै पत्रकार रिहा भएको सञ्चारमन्त्रीको भनाइ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्। ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिताको महत्त्वसमेत औँल्याएका छन्। ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनको स्टाटसमा उल्लेख छ। यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। सुवेदी र बराललाई सम्बन्धित सञ्चारमाध्यमका कार्यालयबाट नियन्त्रणमा लिइएको थियो भने बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बोलाएपछि नियन्त्रणमा राखिएको थियो । त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन खोजेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले प्रहरी टोलीसँग पक्राउ पुर्जी नरहेको बताएका थिए। पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो। महासंघका महासचिव रामप्रसाद दाहालले यस्तो कार्य प्रेस स्वतन्त्रता र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका थिए। उनले यस्ता गतिविधि नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर ...

स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न ...

रिहाइपछि पत्रकार सुवेदीले भने– ‘प्रहरीप्रतिको पुरानो विश्वासमा धक्का पुगेको छ’
सोधपुछका लागि भनेर नेपाल प्रेसको कार्यालयबाट सादा पहिरनमा रहेका प्रहरीले लिएर गएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । रिहाइपछि सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताएका छन् । उनले आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको र प्रहरी प्रशासनप्रति उच्च सम्मान रहेको बताए । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर आफूसँग सोधपुछ गरिएको ...

प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ?
‘अहिले जे जस्ता विषयवस्तु आएका छन्, न्यायपरिषद्ले हेर्दैन । आवश्यक देखेमा संसदले आफ्नो क्षेत्राधिकार प्रयोग गर्ने हो ।’ ...


