दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा, चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् । यस्तै धुलो दूध कारखाना हेटौँडामा कार्यरत जीतेन्द्रकुमार यादव, नवलपुल चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी समेत पक्राउ परेका छन् । व्यूरोका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालका रूपमा संस्थानलाई प्रत्यक्ष आर्थिक हानी पुर्याएको र रु १२ करोड १३ लाख ४३ हजार बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउ परेका सबै जनासँग आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सहप्रवक्ता खड्काले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, खराब कर्जा १४.८० प्रतिशत पुग्यो
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको तुलनामा नाफा बढाएको छ । तर, बैंकको निष्क्रिय कर्जा भने उल्लेख्य रूपमा बढेको छ। यसले बैंकको वित्तीय अवस्थामाथि चुनौती थपिएको देखाएको छ । बैंकले साउनदेखि असोज मसान्तसम्म ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५५ […] ...

ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘ट्रायम्फल आर्च’ को निर्माण कार्य रोक्न मुद्दा दर्ता
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना 'विजय तोरण' (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी र भर्जिनिया राज्यले अदालतमा संयुक्त रूपमा मुद्दा दर्ता गरेका छन्। डिसीस्थित सङ्घीय अदालतमा शनिबार दर्ता गरिएको निवेदनमा यो संरचना कानुनी मापदण्डविपरीत अत्यधिक अग्लो भएको र यसको निर्माणले वर्षौँसम्म सवारी आवागमन अस्तव्यस्त… ...

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ। आगलागीमा परी घाइते ...

स्याङ्जामा ३ महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
१५ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गत साउनदेखि असोजसम्म जिल्लामा विभिन्न प्रकारका तीन हजार १८ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारबाहीमा परेका सवारीसाधनबाट कुल २८… ...


