बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ। आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। घाइतेमध्ये बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ। त्यस्तै, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव घाइते भएका छन्। यस्तै, भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि आगलागीमा परी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। बिहान ८:४५ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा
नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न ...

अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ । ...

घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, तीन महिनामै कमायो १० करोड ७७ लाख
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको बैंकले यस वर्ष भने १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको नाफामा सुधार देखिए पनि ब्याज आम्दानी भने घटेको छ । चालु आर्थिक […] ...

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला
१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो… ...


