स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न र आलोचना गर्नु स्वतन्त्र प्रेसको संवैधानिक अधिकार तथा लोकतान्त्रिक दायित्व भएको उल्लेख गरेका छन् । ‘सरकारले डरपोक शैलीमा प्रश्नबाट डराएर प्रश्न गर्नेहरूको मुख थुन्ने, कलम रोक्नेभन्दा सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिने साहस राख्नुपर्छ,’ उनले लेखेका छन् । कानुनी शासनको नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने छुट सरकार तथा सरकारी निकायका अधिकारीहरूलाई नभएको उनको भनाइ छ । पत्रकार वा सञ्चारमाध्यमबाट कानुनविपरीत काम भएको ठानिए स्थापित कानुनी प्रक्रिया र स्वतन्त्र न्यायिक प्रणालीबाट त्यसको निरूपण हुनुपर्ने उनले बताएका छन् । राज्यशक्तिको दुरुपयोग र त्रास सिर्जना गरेर सञ्चारमाध्यममाथि दबाब बढाउने कार्य सभ्य समाजमा स्वीकार्य नहुने उल्लेख गर्दै उनले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइ गर्न, सञ्चारमाध्यममाथिको धरपकड बन्द गर्न र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति सुनिश्चित गर्न माग गरेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा
नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् । नयाँ अपडेटमा फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारी तथा इन्धनको मूल्य, अस्पतालमा उपलब्ध खाली बेड र ब्लड बैंकको जानकारीलगायत सुविधा समेटिएका छन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न ...

अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार
पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ । ...

घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, तीन महिनामै कमायो १० करोड ७७ लाख
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको बैंकले यस वर्ष भने १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको नाफामा सुधार देखिए पनि ब्याज आम्दानी भने घटेको छ । चालु आर्थिक […] ...

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला
१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो… ...


