रिहाइपछि पत्रकार सुवेदीले भने– ‘प्रहरीप्रतिको पुरानो विश्वासमा धक्का पुगेको छ’

सोधपुछका लागि भनेर नेपाल प्रेसको कार्यालयबाट सादा पहिरनमा रहेका प्रहरीले लिएर गएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । रिहाइपछि सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताएका छन् । उनले आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको र प्रहरी प्रशासनप्रति उच्च सम्मान रहेको बताए । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर आफूसँग सोधपुछ गरिएको र नियन्त्रणमा लिइएको घटनाले आफूलाई दुःखी बनाएको उनको भनाइ छ । सुवेदीले भने, ‘मैले सधैँ प्रहरी प्रशासनमाथि विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गरेँ। प्रहरी प्रशासनप्रति मेरो सधैँ उच्च सम्मान थियो। तर आज समाचार कक्षमै पसेर समाचारको विषयलाई लिएर जसरी मसँग सोधपुछ गरियो र नियन्त्रणमा लिइयो, त्यसले मलाई साह्रै चित्त दुखेको छ। यसले प्रहरीप्रतिको मेरो पुरानो विश्वासमा धक्का पुगेको छ।’ आफूलाई परेको समस्यामा ऐक्यबद्धता जनाउने तथा साथ र समर्थन व्यक्त गर्ने सम्पूर्ण साथीभाइ र शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डोल्पाको खदाङ पुल निर्माणमा विवाद, सम्झौताको ५ वर्ष पुग्दा पनि सुरु भएन काम
१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य सम्झौताअनुसारको समयसीमा सकिँदासमेत सुरु हुन सकेको छैन। पुल निर्माणमा देखिएको विवाद समाधानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा पुल सेक्टरका प्रमुख तथा… ...

दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु
१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार कारखाना भित्र छ जना बेहोस अवस्थामा फेला परेका थिए । सबैलाई तुरुन्तै उद्धार गरी उपचारका… ...

लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी र चितवन भिड्दै
पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। ...



