Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २४ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा भएको बताउनुभएको छ । मंगलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल संवत्को ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । ‘यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाःको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ,’ उहाँले भन्नुभयो । शंखधर साख्वाःको योगदान कुनै एक समुदायमा मात्र सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ ।’ नेपाल संवत् कुनै एक जाति वा भाषाविशेषको मात्र नभई समग्र नेपालीको साझा पहिचान भएको उहाँले बताउनुभयो । ‘नेपाल संवत् कुनै एक जाति वा भाषा विशेषको मात्र नभई नेपालीको साझा पहिचान दिने संवत् हो,’ उहाँले भन्नुभयो । नेपाल संवत् नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्यायसमेत भएको उल्लेख गर्दै सभामुख अर्यालले विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको बताउनुभयो । उहाँले नेपाल संवत् आन्दोलनलाई अगाडि बढाउन योगदान पुर्‍याउने अग्रज तथा अभियन्ताहरूको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ‘शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् । अब यी उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो । नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । नेपाल संवतकाे संरक्षणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । ‘यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतकाे प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुनेछ,’ उहाँले भन्नुभयो । उहाँले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि सबैलाई एकजुट हुनसमेत आह्वान गर्नुभयो । ‘हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अगाडि बढौँ,’ उहाँले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो
PoliticsJust now

तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना, कसैलाई झिलिमिलीको रमाइलो

कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ । परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो । अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ । यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन् । त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ । उनले तिहारमा पछिल्लो ...

फरकधार
विश्वव्यापी तापक्रम वृद्धिको चेतावनी, नेपालमा बढ्दो जोखिम
PoliticsJust now

विश्वव्यापी तापक्रम वृद्धिको चेतावनी, नेपालमा बढ्दो जोखिम

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु सङ्कटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले ...

फरकधार
ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?
PoliticsJust now

ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?

अमेरिका (भर्जिनिया), कात्तिक २४ । अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको ममता काफ्ले भट्ट बेपत्ता तथा मृत्यु प्रकरणले श्रीमान् नरेश भट्टको पछिल्लो बयानसँगै नयाँ मोड लिएको छ । दुई वर्षभन्दा लामो समयदेखि ममताको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउँदै आउनुभएका पति नरेशले अहिले भने आफ्नै घरमा ममताको मृत्यु भएको र आफूले शव टुक्राटुक्रा पारेको अदालतमा बयानको क्रममा स्वीकार गर्नुभएको छ । यद्यपि, ...

जनताटाइम्स
मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली
PoliticsJust now

मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली

काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को आरम्भसँगै म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवतकाे नयाँ वर्षले सबैमा सुख, समृद्धि र सद्भावको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ, “आज तिहारको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play