Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को आरम्भसँगै म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवतकाे नयाँ वर्षले सबैमा सुख, समृद्धि र सद्भावको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ, “आज तिहारको चौथो दिन, आजबाट नै नेपाल संवत् ११४७ आरम्भ भएको छ। नेपाल संवत् ११४७ को हार्दिक शुभकामना!” म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्दै अध्यक्ष ओलीले यसले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने उल्लेख गर्नुभएको छ। त्यस्तै, गोवर्द्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने तथा हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्ने उहाँको भनाइ छ। उहाँले नेपाली समाजका मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यतासँग जोडिएका पर्वहरूको संरक्षण र निरन्तरतामा जोड दिँदै यस्ता पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप बलियो बनाउने सन्देश दिनुभएको छ। अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “हाम्रा मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका यी अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून्।” उहाँले अन्त्यमा म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको शुभकामना व्यक्त गर्दै नेपाल भाषामा “न्हु दँया भिन्तुना !” अर्थात् नयाँ वर्षको शुभकामनासमेत दिनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल
PoliticsJust now

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय पहिचान : सभामुख अर्याल

काठमाडौं, कात्तिक २४ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा भएको बताउनुभएको छ । मंगलबार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल संवत्को ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवनपद्धतिसँग गहिरो रूपमा जोडिएको बताउनुभयो । ‘यसको प्रारम्भ राष्ट्रिय विभूति ...

जनताटाइम्स
ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?
PoliticsJust now

ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?

अमेरिका (भर्जिनिया), कात्तिक २४ । अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको ममता काफ्ले भट्ट बेपत्ता तथा मृत्यु प्रकरणले श्रीमान् नरेश भट्टको पछिल्लो बयानसँगै नयाँ मोड लिएको छ । दुई वर्षभन्दा लामो समयदेखि ममताको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउँदै आउनुभएका पति नरेशले अहिले भने आफ्नै घरमा ममताको मृत्यु भएको र आफूले शव टुक्राटुक्रा पारेको अदालतमा बयानको क्रममा स्वीकार गर्नुभएको छ । यद्यपि, ...

जनताटाइम्स
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
PoliticsJust now

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

काठमाडौँ, कात्तिक २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्न... ...

गोरखापत्र
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता
PoliticsJust now

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता

दुनियाँमा कूटनीतिका अनेक आयाम र अभ्यासहरु अपनाइएका छन् । परराष्ट्र नीति स्थिर र सरकारैपिच्छे परिवर्तन हुने प्रकृतिको नभए पनि कूटनीतिका आयामहरु भने समय, परिस्थिति, विषयवस्तु र राष्ट्रिय स्वार्थ एवं आवश्यकताअनुसार फेरबदल हुँदै जान्छन् । कूटनीति खासगरी विदेशमा तथा विदेश सम्बन्धमा अपनाइने कुनै पनि मुलुकको परराष्ट्र नीति हो र यो मूलतः राष्ट्रको हित अनुकूल निर्माण र परिचालन हुने गर्दछ । यसलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play