Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

पर्वतीय मुद्दामा छुट्टै छलफल चाहेको नेपालले कोप ३१ मा कस्तो जबाफ पाइरहेको छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्वतीय मुद्दामा छुट्टै छलफल चाहेको नेपालले कोप ३१ मा कस्तो जबाफ पाइरहेको छ
Photo / Coverage: बीबीसी नेपाली

EPA टर्कीमा चलिरहेको कोप ३१ मा नेपाल, भुटान र किर्गिस्तानले संयुक्त प्रस्ताव राखेका थिए टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप ३१ मा पर्वत र जलवायुलाई छुट्टै अजेन्डा बनाउन प्रस्ताव गरेको नेपालले केही मुद्दामा सहमति भए पनि आफ्नो अवधारणामा थप देशहरूको समर्थन जुटाउन निरन्तर पैरवी गर्ने बताएको छ।नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै अजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। भारत र चीनलाई जलवायु खतराविरुद्ध एकठाउँ ल्याउने नेपालको 'असहज' चाहना नयाँ भवन बढ्दै जाँदा हिमाली क्षेत्रका ३ लाख मानिसहरू सम्भावित विपत्तिको जोखिममा तर टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल र भुटानले उक्त मुद्दामा संयुक्त प्रस्ताव अघि सारेका थिए।वार्ता क्रममा सम्मेलनका अहिलेकै अजेन्डाबाट हिमाली क्षेत्रका जलवायुसम्बन्धी सरोकारहरूलाई सम्बोधन गर्ने सकिने दृष्टिकोण आएको थियो।त्यसपछि भावी मार्गचित्रबारे कोपको अध्यक्षता गरिरहेका टर्की र अस्ट्रेलियासँग छलफल गर्न लागेको सम्मेलनमा सहभागी भइरहेका एक नेपाली अधिकारीले बताएका छन्।यस्तो शिखर सम्मेलन नियमित रूपमा हुने गरेका भन्दै पर्वत र जलवायु परिवर्तनलाई सम्मेलनको अलग्गै अजेन्डा बनाउन संवाद र पैरवी जारी राखिने ती अधिकारीको भनाइ छ।नेपालको प्रस्ताव के हो Reuters गत अगस्टमा नेपाल-चीन सिमानामा अवस्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा ठूलो जनधनको क्षति भएपछि नेपालले जलवायु न्यायको पक्षमा धारणाहरू राख्दै आएको छ।झन्डै १,५०० जनाको ज्यान लिएको र पाँच हजारभन्दा बढी बेपत्ता रहेको उक्त बाढीलाई जलवायुजन्य विपद् ठहर गरेको संयुक्त राष्ट्रसङ्घीय हानि नोक्सानी कोषले नेपाललाई गत अक्टोबरमा २० मिलिअन अमेरिकी डलर अनुदान दिने निर्णय गरेको थियो।यो पृष्ठभूमिमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा कोप ३१ मा सहभागी भइरहेको नेपालले औपचारिक रुपमा नै पर्वत र जलवायुलाई अजेन्डाको विषय बनाउन माग गरेको थियो।सुरुवाती सत्रमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले विश्वको झन्डै २७ प्रतिशत भूगोल र १५ प्रतिशत नागरिकलाई प्रभाव पारिरहेको उक्त संवेदनशील र आपत्कालीन मुद्दालाई विचार गर्न विश्व समुदायले अप्ठेरो मानिरहेकोमा आफूहरू छक्क परेको बताएका थिए। भोटेकोशी-त्रिशूली बाढीबाट नेपालले सिक्नुपर्ने पाठ विपद्‌बाट जोगिन परम्परागत पूर्वसूचना प्रणाली 'अपर्याप्त,' नौला उपाय कस्ता उक्त सम्मेलनमा सहभागी कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले अहिलेसम्मका छलफलबाट 'एक कदम प्रगति' भएको आफूले महसुस गरेको बीबीसीलाई बताए।उनी भन्छन्, "अस्ति अनौपचारिक रुपमा र हिजो पूरै हामीले छलफल गर्‍यौँ। यसमा हामीले केही उपलब्धिहरू पनि हासिल गरेका छौँ। हामीले नेपाल र भुटानबाट गरेको प्रस्ताव अलिक फराकिलो र ओजिलो थियो भने किर्गिस्तानले पर्वतका मुद्दाहरूमा संवाद गरौँ भन्ने प्रस्ताव राखेको थियो।"उनले थपे, "हामीले चार वटा कुराहरू राखेका थियौँ, संवाद पनि चाहियो। अनि हिमालयको अनुसन्धान पनि हुनुपर्‍यो अनि हामीले भोटेकोशीमा जे बेहोर्‍यौँ, त्यसको पनि कुराहरू आउनुपर्‍यो। तेस्रो चाहिँ हामीले पर्वतीय विषयहरूमा अलग्गै कार्यक्रमहरू गर्नुपर्‍यो र ग्लोबल गोल अफ इन्डिकेर्टस (विश्वव्यापी लक्ष्यका सूचकहरू) तय गर्दा पर्वतलाई एउटा प्रमुख लक्ष्य राख्नुपर्‍यो र त्योसँग लगानी पनि जोड्नुपर्छ भनेर हामीले भनेका थियौँ।"छलफलका क्रममा आएको सुझावपछि पर्वतीय देशहरूका तर्फबाट आफूहरूकै प्रस्तावमा किर्गिस्तान पनि समाहित भएको बताएका उनले थपे, "हाम्रो प्रस्तावमा अघि बढ्ने क्रममा मुख्य गरी विकसित राष्ट्रहरूले छुट्टै अजेन्डाहरू बनाउँदा आर्थिक दायित्व पनि बढ्छ, समय पनि लाग्छ। विद्यमान अजेन्डाहरूमा पर्वतीय मुद्दाहरू कहाँकहाँ आवश्यक हुन्छ, त्यहाँ संयोजन गर्न सकिन्छ भन्ने कुरा रह्यो।" हिमनदीका कारण सङ्कटमा परेको दुर्गम गाउँ जहाँ विपत्ति रोक्न दैनिक प्रार्थना गरिन्छ चारवटा हिमतालको पानीको सतह घटाउने योजनाको काम कसरी अगाडि बढ्दैछ अबको नीति के हुन्छ? कतिपय ल्याटिन अमेरिकी र साना टापु राष्ट्रहरूले पर्वतका सवालहरूमा सकारात्मक रहेको तर आफ्ना पनि मुद्दाहरू जोडिनुपर्ने सर्त राखेको उल्लेख गरेका अधिकारीहरूले केही बुँदाहरूमा सहमति भएको उल्लेख गरे।"नेपालले राखेको अजेन्डालाई कोपको प्रेसिडेन्सी अस्ट्रेलिया र टर्कीसँग हामीले वार्ता गर्ने सहमति भएको छ। सन् २०२८ मा ग्लोबल स्टकटेक रिपोर्ट आउँछ। त्यसलाई आधार मानेर हामीलाई दुई वटा संवाद चाहिन्छ भनेर हामीले भनेका थियौँ, त्यसमा सहमति भयो।"प्रवक्ता ढकालले पर्वतीय क्षेत्रमा अनुसन्धानबारे एउटा अलग्गै संवाद गर्नुपर्ने दृष्टिकोण चीनले पनि राखेको उल्लेख गर्दै त्यसलाई 'चीनबाट प्राप्त भएको समर्थन'का रूपमा अर्थ्याए।उनी भन्छन्, "नेपाल र चीनको सीमामा जुन किसिमको धनजनको क्षति भयो, यो पर्वतको मुद्दा सही छ। यसमा अझै एउटा अनुसन्धानको पाटोबाट संवाद गर्नुपर्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो। पर्वतीय क्षेत्रको अनुसन्धानबारे एउटा अलग्गै संवाद गर्ने प्रारम्भिक सहमति भएको छ। अहिले प्रारम्भिक चरणमा नै छन्, अन्तिम दिन नभएसम्म यसका निर्णयहरू हुँदैनन्।" Shisir Khanal/FB नोभेम्बर २० तारिखसम्म चल्ने उक्त सम्मेलनमा ६ महादेशका १०० भन्दा बढी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।कोप सन् १९९२ मा अनुमोदन गरिएको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गतको सर्वोच्च निर्णय गर्ने निकाय हो। कोप प्रक्रियामा १९७ देशहरू र ईयू आबद्ध छन्।"अजेन्डा नै अस्वीकृत भएको भन्ने होइन। पर्वतको मुद्दा महत्त्वपूर्ण छ। यसलाई निरन्तरता दिनुपर्छ। पहिलो चरणमा कोप ३१ को अध्यक्ष छलफल गरौँ र त्यहाँबाट आउने निष्कर्षहरूका आधारमा अघि बढौँ भन्ने सहमति भएको हो। यो एउटा बहुपक्षीय प्रक्रिया हो। कुनै निश्चित देशमा मात्रै टेकेर अजेन्डा आउँदैन। सम्मेलनबाट केही न केही निष्कर्षहरू आउँछ, तर त्यसका लागि हामीले कुर्नुपर्छ।"प्रवक्ता ढकालले नेपालले यी विषयमा पैरवी गरिरहने बताउँदै दुईवटा छिमेकी, हिन्दूकुश क्षेत्रका अन्य देशहरू र अन्य पर्वतीय मुलुकहरूसँग पनि संवाद गर्ने बताए।सन् २०१९ मा किर्गिस्तानको अग्रसरतमा ग्रुप अफ फ्रेन्डस अफ माउन्टेन कन्ट्रिज (पर्वतीय देशका मित्रहरूको समूह) गठन भएको थियो, जसमा नेपालसहित २६ देशहरू संस्थापक थिए। त्यसमा केही सदस्यहरू थपिएका छन्। किर्गिस्तानले माउन्टेन ग्रूपको पनि नेतृत्व गर्छ, जसमा विभिन्न पर्वतीय देशहरू आबद्ध छन्। हानि नोक्सानी कोषबाट नेपाललाई रु. तीन अर्ब विनियोजन, अब कसरी प्राप्त हुन्छ एल निन्योका बाबजुद मनसुनमा औसतसरह नै वर्षा, अब हिउँदमा कति पानी पर्ला? नेपालले के भन्दै आएको छ? BBC हालैका वर्षहरूमा नेपालले समुद्रदेखि सगरमाथासम्म जलवायु परिवर्तनका असर देखा परिरहेको भन्दै कुल भूगोलको आधा हिस्सा संरक्षित वनक्षेत्र हुँदा पनि चुनौतीहरू सामाना गर्नुपरिरहेको बताउने गरेको छ।त्यसबाहेक जलविद्युत्‌ आयोजनामार्फत्‌ उत्पादन हुने बिजुली र विद्युतीय कारहरूको बढ्दो प्रयोगमार्फत्‌ पनि हरित गृह ग्यास उत्सर्जन कम गर्न भूमिका खेलिरहेको नेपाली अधिकारीहरूले बताउने गरेका छन्।नेपालले अगस्टदेखि अक्टोबरसम्ममा तीन वटा ठूला विपद् खेप्नुपरेको भन्दै भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि मात्रै ७ खर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने बताउँदै आएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भन्छन्, "भोटेकोशी बाढीले जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकहरू पनि उत्तिक्कै जोखिममा रहेको देखाएको छ। बृहत्‌ पर्यावरण चक्रसँग हिमाल र समुद्र सबै जोडिएका छन्। त्यही भएर हामीले जलवायु न्याय र पर्वत अनि जलवायु अजेन्डाको कुरा उठाएका हौँ।"संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा 'हिमाली जलवायु उत्थानशीलता संयन्त्र' स्थापना गर्न प्रस्ताव गरेका थिए।"त्यो संयन्त्रमार्फत्‌ हामी भूउपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदानप्रदान गरौँ। जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौँ," उनले भनेका थिए।तर ती प्रस्तावबारे हालसम्म भारत र चीनले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। 'जलवायु न्यायको कुरा नारामा सीमित हुनु हुन्न': राष्ट्रसङ्घीय महासभामा वालेन्द्र शाहले अरू के भने विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको 'ठूलो भूमिका', अरू कारण के हुन सक्छन् बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिका-इरान युद्ध अन्योल
Latest NewsJust now

अमेरिका-इरान युद्ध अन्योल

अमेरिका र इजरायलको सैन्य आक्रमणपछि सुरु भएको युद्धले इरानलाई मात्र होइन, विश्व ऊर्जा बजार, मध्यपूर्वको सुरक्षा र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई समेत अनिश्चित मोडमा पुर्‍याएको छ। युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासले ठोस परिणाम दिन सकेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य दबाब, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सुरक्षा रणनीति र इरानको प्रतिरोधी अडानबीच शान्तिको बाटो झन् कठिन बन्दै गएको छ। रणभूमिमा ...

नेपालन्युज
१७ हजार घण्टा आकाशमा उडेका शैलेशको तिहार
Latest NewsJust now

१७ हजार घण्टा आकाशमा उडेका शैलेशको तिहार

काठमाडौँ । बुद्ध एयरका पाइलट शैलेश निरौलाले पछिल्लो २० वर्षमा जम्मा २ पटक मात्र बहिनीसँग भाइटीका लगाउन पाए । बाँकी १८ वर्ष उनले बहिनीको हातबाट टीका लगाउन पाएनन् । तिहारमा आफूले... ...

रातोपाटी
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
Latest NewsJust now

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ । काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले ...

केन्द्रबिन्दु
पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play