काठमाडौं।प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो। प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५४० र ६ बुक ताससहित पक्राउ गरेको हो। त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन्। चितवन प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूको साथबाट तीन लाख ३७ हजार ४८० र एक बुक ताससहित पक्राउ गरेको हो। धनकुटा, पाख्रीबास नगरपालिका–९ बस्ने ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विष्णु समेत सात जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ एसएस चोक नजिकबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सुजन तामाङ समेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय दिपेश लामिछाने समेत १५ जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ। झापा, कमल गाउँपालिका–५ टुक्रे बस्ने ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा गीता समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी झापा, दमक नगरपालिका–१० बाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ५४ वर्षीय काजिम थापा समेत १० जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ। धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२ शिव चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय सञ्जय पंजियार समेत पाँच जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु, वाणगङ्गा नगरपालिका–७ चौरीगाउँ बस्ने ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु समेत चार जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। सर्लाही, बरहथवा नगरपालिका–९ मुर्तियाबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बरहथवा नगरपालिका–९ बस्ने लालकृष्ण गुरुङ समेत दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। यसैगरी सर्लाही, लालबन्दी नगरपालिका–४ हरिभवन टोल बस्ने ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवन समेत नौ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ५३ वर्षीय रवीन्द्र केसीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवीन्द्र समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। कास्की, पोखरा महानगरपालिका–१८ अधेरीकुना डेरा गरी बस्ने म्याग्दी घर भएका ४८ वर्षीय केशर रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा केशर समेत ६ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






