Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन्। नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे। “शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्”, सभामुख अर्यालले भने, “अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवतको प्रयोग विस्तार गर्न आवश्यक छ।” नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो भन्दै उनले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताए। नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिकाको आवश्यकता औंल्याउँदै सभामुख अर्यालले यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतको प्रयोग विस्तार गर्न सके मात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताए। “नेपाल संवत् केवल समय गणना गर्ने पात्र मात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो”, उनले भने। नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोक कल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उनले स्थापना गरेको यस संवतको सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए। “उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ”, सभामुखले भने। नेपाल संवत्को ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपालमण्डलको जीवन पद्धतिसँग गहिरो रुपमा जोडिएको जनाउँदै उनले नेपालका चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्दै आइरहेको जानकारी दिए। उनले बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठान स्थापना तथा नेपाल भाषाको विकास, संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको स्पष्ट पारे। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा संघर्ष समितिका अग्रजले गरेको आन्दोलनका कारण नेपाल भाषाको प्रवर्द्धन तथा नेपाल संवतको राष्ट्रिय मान्यता प्राप्त हुनसकेको बताए। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आजभन्दा ठिक ४७ वर्षअघि अर्थात् नेपाल संवत् ११०० देखि नै यस संवतलाई राष्ट्रिय संवतको मान्यता दिनुपर्छ भन्ने आवाज उठ्दै आएको भएता पनि गणतान्त्रिक सरकारले मात्रै नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको बताइन्। “नेपाल भाषा आन्दोलन करिब पाँच दशकको यात्रा भइसकेता पनि अझै पनि यो सांस्कृतिक र राजनीतिक जागरणको प्रतिविम्बका रूपमा यो आन्दोलन अगाडि बढिरहेको छ, आज पनि यसको औचित्य छ”, उनले भनिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विधिपूर्वक गरियो गोवर्द्धन पूजा
Latest NewsJust now

विधिपूर्वक गरियो गोवर्द्धन पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन मंगलबार गोवर्द्धन पूजा गरिएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिएको हो... ...

रातोपाटी
पुस्तान्तरण अभावले सङ्कटमा थारू मौलिक हुर्राहुर्री नाच
Latest NewsJust now

पुस्तान्तरण अभावले सङ्कटमा थारू मौलिक हुर्राहुर्री नाच

बाबुराम कार्कीसुनसरी, कात्तिक २४ गते । थारू समुदायको मौलिक संस्कृति, परम्परा र कृषि जीवनशैलीसँग जोडिएको हुर्रा नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । गोरु तिहारको अवसरमा परम्... ...

गोरखापत्र
पालिकाको लगानी, आम्दानीको नयाँ बाटो
Latest NewsJust now

पालिकाको लगानी, आम्दानीको नयाँ बाटो

सुर्खेत। कर्णालीका धेरै स्थानीय तह बजेटको ठूलो हिस्सा सडक, भवनलगायत भौतिक पूर्वाधार निर्माणमा खर्च गरिरहेका छन्। तर रुकुम पश्चिमका स्थानीय तहले भने दिगो आन्तरिक आम्दानीको स्रोत तयार गर्न जलविद्युत् आयोजनामा प्रत्यक्ष लगानीको बाटो रोजेका छन्। आन्तरिक स्रोत बढाउने चुनौतीबीच जिल्लाका छवटा स्थानीय तह र जिल्ला समन्वय समितिले व्यावसायिक जलविद्युत् आयोजनामा लगानी गरेका हुन्। बाँफीकोट गाउँपालिका-३ मा निर्माण गरिएको ३.३ मेगावाट क्षमताको ...

नेपालन्युज
सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य
Latest NewsJust now

सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो। सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए। बलिङतर्फ जनकपुर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play