Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य
Photo / Coverage: नेपालन्युज

काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो। सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए। बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक–एक विकेट लिए। हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ। ६ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ। जनकपुरले पनि हालसम्म पाँच खेल खेलेको छ। उसले दुईमा जित र तीनमा हार व्यहोरेको छ। चार अंकसहित जनकपुर पाँचौं स्थानमा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान
Latest NewsJust now

हर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने इरानको अडान

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको... ...

रातोपाटी
पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली
Latest NewsJust now

पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली

काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्‍याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्‍यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो।... ...

रातोपाटी
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता
Latest NewsJust now

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play