Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’
Photo / Coverage: पर्दाफास

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रूपमा कम भएको उनीहरूको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मूल्यवृद्धि भएको हो । विशेष गरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए। उनका अनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए । उनले भने, ‘यसपालि भाइ मसलाको मूल्य बढेको छ । अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०-१५ दिन अगाडि थियो । यसपालि तिहार १०-१५ दिन पछाडि पर्‍यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ । केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन । पोहोर साल भन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ । नरिबल, ओखरमा एक/डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो । ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन । १ किलो मसाला लिने मान्छेले आधा किलो, आधा किलो ग्राहकले २०० ग्राम, १०० ग्राम भए पनि लगेर काम चलाइरहेको छ । सबैलाई चाहिने, भाइतिहारमा भाइहरूलाई पूजा गर्ने, मसला दिने पहिलेदेखि पुरानो चलन चलिआएको हो । त्यो भएको हुनाले अब व्यापार त ठीकठीकै छ भन्नुपर्छ, त्यस्तो कुनै नराम्रो पनि भन्न मिल्दैन । तर मान्छेहरूले प्राइसको कारण एफोर्ड गर्न नसकेर खपत कम भएको छ । काम चलाउका लागी मात्रै लगिरहेका छन् ।’ तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिए पनि व्यापार सन्तोषजनक रहेको उनको भनाई छ । ढाकाटोपीको विक्री भने उत्साहजनकयस्तै, तिहारमा ढाकाटोपीको विक्री भने उत्साहजनक रहेको व्यवसायीहरूको भनाई छ । तिहारमा दाजुभाईलाई ढाका टोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ । ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् । तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाका टोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल
OthersJust now

जलवायु अनुकूलन प्राविधिक विषय मात्रै होइन, न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूले पुर्‍याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै उनले जलवायु जोखिममा रहेका मुलुकहरूले अब जलवायु कार्यका लागि थप ढिलाइ पर्खन नसक्ने स्पष्ट पारे । ...

अनलाइन खबर
हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग
OthersJust now

हिमाली विपद्ले तल्लो तटीय क्षेत्रसमेत जोखिममा, कोप-३१ मा नेपालको प्रसङ्ग

विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । ...

अनलाइन खबर
सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
OthersJust now

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो । ...

अनलाइन खबर
एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट
OthersJust now

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडियाको सेयर मूल्यमा आएको गिरावटबीच अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play