Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ । काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । चितवनका तीन स्थानबाट १५ जना पक्राउ परेका छन् । रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट कौडा खेलिरहेको अवस्थामा ६ जना, भरतपुर महानगरपालिका–७ बाट तास खेलिरहेको अवस्थामा ७ जना र भरतपुर–१२ सहयोगी टोलबाट कौडा खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट कुल ४ लाख २६ हजार २०५ रुपैयाँ र कौडा तथा तास बरामद गरिएको छ । धनकुटाको पाख्रीबास नगरपालिका–९ मा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ र ३० थान कौडा बरामद भएको छ । भक्तपुरका दुई स्थानबाट २४ जना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–३ एसएस चोकबाट तास खेलिरहेको अवस्थामा ९ जना र चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट १५ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट १ लाख ९६ हजार १५० रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ । झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ टुक्रेबाट १२ जना र दमक नगरपालिका–१० बाट कौडा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ७ हजार ९१० रुपैयाँ तथा तास र कौडा बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ शिव चोकबाट तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ र एक बुक तास बरामद भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ चौरीगाउँबाट तास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७८ हजार ४८५ रुपैयाँ र तीन बुक तास बरामद भएको छ । सर्लाहीका दुई स्थानबाट ११ जना पक्राउ परेका छन् । बरहथवा नगरपालिका–९ मुर्तियाबाट कौडा खेलिरहेको अवस्थामा दुई जना र लालबन्दी नगरपालिका–४ हरिभवन टोलबाट तास तथा कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका हुन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकबाट कौडा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ४७ हजार २५६ रुपैयाँ र तीन थान कौडा बरामद भएको छ । कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनास्थित एक कोठाबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६३ हजार ५२५ रुपैयाँ र चार बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने
Latest NewsJust now

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

क्यानबेरा । सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ। उक्त निकायले ...

केन्द्रबिन्दु
नेवार समुदायमा म्ह:पूजा, शरीर र आत्मशुद्धिको कामना
Latest NewsJust now

नेवार समुदायमा म्ह:पूजा, शरीर र आत्मशुद्धिको कामना

काठमाण्डु – नेवार समुदायले मौलिक तथा परम्परागत पर्व म्ह:पूजा मंगलबार विधिपूर्वक मनाएका छन् । नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले शरीर तथा अन्तरात्माको पूजा गरी म्ह:पूजा मनाएका हुन् । नेपाल भाषामा ‘म्ह’को अर्थ शरीर हुन्छ । त्यसैले म्ह:पूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ । यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि […] ...

काठमाण्डुपाटी
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन्। नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे। “शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई ...

केन्द्रबिन्दु
चीनको व्यापार बचत १ ट्रिलियन डलर नाघ्यो, एआई प्रविधिको मागले निर्यातमा फड्को
Latest NewsJust now

चीनको व्यापार बचत १ ट्रिलियन डलर नाघ्यो, एआई प्रविधिको मागले निर्यातमा फड्को

बेइजिङ । एआई पूर्वाधार निर्माणमा विश्वव्यापी लगानी बढेसँगै चीनको निर्यातमा उल्लेख्य वृद्धि भएको छ, यसले चीनको व्यापार बचत पहिलोपटक चालु वर्षको पहिलो १० महिनामै १ ट्रिलियन डलर नाघेको छ । चीनको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play