तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमुल नाइके जोशीले बताए । एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गर्नुभएपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए । फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो । राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याउनुभएका जोशीले जानकारी दिए । भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदै आएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याइएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी पुगेको छ। वाल स्ट्रिट जर्नलको प्रतिवेदनले कम्पनीको घाटासम्बन्धी यस्तो विवरण सार्वजनिक गरेको हो। एआई प्रविधिको बढ्दो मागअनुसार कम्प्युटिङ क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक भइरहेका बेला कम्पनीको घाटाको विवरण बाहिर आएको हो। प्रतिवेदनअनुसार एन्थ्रोपिकलाई आफ्नो कम्प्युटिङ पूर्वाधार विस्तार गर्न ७५० अर्ब डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक सार्वजनिक ...

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि बर्दियाका परिवारले यस वर्ष दसैंमा टीका लगाएर खुसी साट्न पाएनन् । डेढ महिनादेखि बेपत्ता आफन्त फर्किने आशामा रहेका उनीहरूका लागि दसैं पीडा र प्रतीक्षामै बित्यो । ...

भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका
भक्तपुर । विजयादशमीको अवसरमा भक्तपुरस्थित तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय तथा सर्वसाधारणले दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। तलेजुमा परम्पराअनुसार सबैभन्दा पहिले एकान्त कुमारी लुनिभाले शुभसाइतको टीका ग्रहण गरेकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो। तलेजुका ...

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण
भक्तपुर – विजयादशमीको दिन बुधबार जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएका […] ...


