Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका

भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका

भक्तपुर । विजयादशमीको अवसरमा भक्तपुरस्थित तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय तथा सर्वसाधारणले दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। तलेजुमा परम्पराअनुसार सबैभन्दा पहिले एकान्त कुमारी लुनिभाले शुभसाइतको टीका ग्रहण गरेकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो। तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार पुजारी तथा अन्य परम्परागत पदाधिकारीले टीका लगाएपछि स्थानीय भक्तजन र सर्वसाधारणले कुमारीको हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन्। टीका ग्रहणको कार्यक्रम सम्पन्न भएपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई दसैँघरबाट मूलचोकको दक्षिणतर्फ रहेको देवगृहमा विधिपूर्वक भित्र्याइएको जोशीले जानकारी दिए। फूलपातीका दिन तलेजु भवानीलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा ल्याइएको थियो। तलेजु भवानीसहित अन्य देवीदेवतालाई राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले धार्मिक विधिअनुसार देवगृहमा भित्र्याएका हुन्। यस क्रममा १९ जना पुजारीले परम्परागत जामा, पगरी, भोटो र खास्टोसहितका पोसाक लगाएर देवीदेवतालाई दसैँघरबाट देवगृहमा स्थानान्तरण गरेका थिए। भक्तपुरको तलेजुमा विजयादशमीका अवसरमा गरिने यी धार्मिक तथा सांस्कृतिक विधि परम्परादेखि निरन्तर चल्दै आएका छन्। The post भक्तपुरमा एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप
ताजा खबरJust now

उपत्यकाका सडकमा बढ्न थाल्यो सवारी चाप

उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको ट्राफिक प्रहरीले जनाएको छ । ...

कान्तिपुर
पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी–ज्वाइँलाई लगाइदिइन् टीका
ताजा खबरJust now

पूर्वराष्ट्रपति भण्डारीको दसैँ: आमाबाट ग्रहण गरिन् जमरा, छोरी–ज्वाइँलाई लगाइदिइन् टीका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।  यसैगरी पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिइन्।  उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार रा... ...

नेपालखबर
पूर्व राष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
ताजा खबरJust now

पूर्व राष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ४ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिनुभएको छ। उहाँले छोरी–ज्वाँईलाई पन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play