Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जुम्लामा नेकपाको जागरण अभियान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लामा नेकपाको जागरण अभियान सुरु
Photo / Coverage: हिमालय टाइम्स

जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरु गरेको हो । नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा नेकपाले वडास्तरमा राष्ट्रिय जागरण अभियान सुरु गरेको कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले जानकारी दिनुभयो । नेकपा जुम्ला जिल्ला इन्चार्ज गोमा कुँवरले जनताको घरदैलोमा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियान सुरु गरिएको उल्लेख गरे । पार्टी कार्यकर्ता र नेताहरूबिच संवाद, सहिद तथा घाइतेलाई अभियानका क्रममा भेट्ने कार्यक्रम छ । राष्ट्रिय जागरण अभियानमा सहभागीताका लागि पार्टीका सबै क्रियाशिल कार्यकर्ता लाग्ने सबैलाई अपिल गरेको नेकपा जुम्ला जिल्ला इन्चार्ज कुँवरको भनाइ छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको नेकपा जुम्ला निर्वाचन क्षेत्र (क) का इन्चार्ज बीर बहादुर कुँवरले बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने र निजि क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति बालेन सरकारले देखाइरहेको नेकपा केन्द्रिय सदस्य पदम बहादुर रोकायाले बताउनुभयो । आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउदै अघि बढ्ने नेकपा जुम्लाका नेताहरुको भनाइ छ । अभियानका क्रममा जनताले भोगेका समस्यालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसमक्ष पुर्‍याउने, आवश्यकता अनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने नेकपाका नेताले धारणा राखेका थिए । अभियानसँगै पार्टीलाई सुदृढ र रूपान्तरण गर्ने भन्दै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने गरि काम गरिने नेकपा जुम्लाले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान मङ्सिर २५ गते समापन हुने भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से
Latest NewsJust now

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७७ अंक घटेर २६५३.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९१ पटकको कारोबारमा ३ ...

कर्पोरट खबर
काठमाडौँमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकियो
Latest NewsJust now

काठमाडौँमा प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकियो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले तिहार (दीपावली) पर्वलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणका लागि महानगरका विभिन्न ३३ स्थान तोकेको छ। महानगरपालिकाले सूचना जारी गर्दै स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो। प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका ...

टक्सार
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन... ...

रातोपाटी
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
Latest NewsJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाण्डु – सरकारले मंगलबार र बुधबार दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play