Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

10/19/2026, 2:13:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि प्रदान अघि निस्सा पूजा गरिएको थियो भने नेपाली सेनाले सलामी समेत दिएको थियो । यस वर्ष बोका बलिका लागि टिकट शुल्क ३०० रुपैयाँ प्रति टिकट रहेको थियो । गत वर्ष १४ हजार ९०३ वटा बोकाको बलि प्रदान भएको थियो । त्यस अघि २०८१ सालमा १५ हजार ४ वटा बोकाको बलि प्रदान भएको थियो । मन्दिर व्यवस्थापक महावीर युवा कमिटिले प्रत्येक वर्ष दशैंको व्यवस्थापन गर्दै आएको छ । कमिटिका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रद्धालु भक्तजनको भीड उल्लेखनीय रहेको थियो । प्रसाद चढाउन र बोका बलिका निम्त धनुषाबाहेक सिरहा, सप्तरी, महोत्तरी, भारतीय सीमा क्षेत्र विहारका विभिन्न जिल्लाबाट समेत भाकल पूरा भएकाहरुको उपस्थित रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न
OthersJust now

काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ । सधैँजसो तीव्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि ...

पर्दाफास
एक सातामा माग पूरा नभए सत्याग्रह गर्ने डा. केसीको चेतावनी
OthersJust now

एक सातामा माग पूरा नभए सत्याग्रह गर्ने डा. केसीको चेतावनी

२ कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्।… ...

अनलाइन खबर
चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन
OthersJust now

चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

दशैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको छ । आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ एक ...

पर्दाफास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
OthersJust now

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय पुनर्विचार नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । खानले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्व र स्थानीय जनताको भावनालाई बेवास्ता गरेर सरकारले नियुक्ति गरेको आरोप लगाएका छन् । लुम्बिनीको विकास, संरक्षण ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play