Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

10/19/2026, 2:46:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

दशैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको छ । आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ एक मिनेटभित्रै प्रतिकार्यका लागि टोली परिचालन हुने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । त्यस्तै, उपत्यकाका विभिन्न स्थानमा हुने आगलागी तथा विपद्का घटनास्थलमा पाँच मिनेटभित्र पुग्ने लक्ष्यसहित तयारी गरिएको छ । महानगरका फायर कमाण्डर तथा नगर प्रहरी वरिष्ठ नायब निरीक्षक नरेशराज कुँवरका अनुसार तीनवटै स्टेसनमा दमकल, आवश्यक उपकरण र जनशक्तिलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । आवश्यक परेको अवस्थामा ६ देखि ७ वटासम्म दमकल र तिनका लागि आवश्यक जनशक्ति परिचालन गर्न सकिने उनले बताए । कुँवरले आगलागी भएको स्थान र दमकल स्टेसनबीचको दूरीअनुसार घटनास्थलमा पुग्ने समय फरक पर्न सक्ने भए पनि सूचना प्राप्त हुनासाथ टोली परिचालन हुने व्यवस्था मिलाइएको स्पष्ट पारे । उनले भने, ‘नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिन दशैं, तिहारलगायतका चाडपर्वमा सोहीअनुसार ड्युटी व्यवस्थापन गरेका छौँ । आवश्यक परेको खण्डमा तीनवटै स्थानमा रहेका विपद् व्यवस्थापनका जनशक्ति र वारुण यन्त्रका उपकरण तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेका छौँ । आगलागी वा अन्य विपद्को सूचना प्राप्त हुनासाथ प्रतिकार्यका लागि एक मिनेटभित्र कार्यालयबाट निस्किसक्ने व्यवस्था मिलाएका छौँ ।’ चाडपर्वका समयमा घर, पसल तथा सार्वजनिक स्थानमा ग्यास, विद्युतीय बत्ती, दियो तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिमसमेत बढ्ने कुँवरले बताए । उनका अनुसार दशैंमा खाना पकाउन ग्यासको प्रयोग बढी हुने भएकाले ग्यास चुहावटबाट आगलागी हुन सक्ने जोखिम रहन्छ भने तिहारमा विद्युतीय बत्ती तथा उपकरणको असुरक्षित प्रयोगले आगलागी निम्त्याउन सक्छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि महानगरपालिकाले समुदायस्तरमा आगलागी नियन्त्रण तथा सुरक्षात्मक उपायबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिसकेको उनले जानकारी दिए । ‘दशैं, तिहारमा बढीभन्दा बढी विद्युतीय उपकरण, बत्ती र दियो प्रयोग गरिन्छ । त्यसैले दशैंमा ग्यासबाट तथा तिहारमा विद्युतीय उपकरणबाट आगलागी हुने जोखिम बढी हुन्छ । तिहारमा बत्ती तथा विद्युतीय उपकरण प्रयोग गर्दा सुरक्षित तरिका अपनाउन सबैलाई सुझाव दिन चाहन्छु,’ कुँवरले भने । उनले खाना पकाउँदा ग्यास चुहावट भए–नभएको जाँच गर्न, ग्यास प्रयोगमा सावधानी अपनाउन तथा विद्युतीय बत्ती जडान र सञ्चालन गर्दा सुरक्षित विधि अवलम्बन गर्न सर्वसाधारणलाई आग्रह गरे । महानगरपालिकाले आगलागी नियन्त्रणका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको पनि जनाएको छ । कुँवरका अनुसार महानगरले हाल २१ जना अग्निनियन्त्रक नियुक्त गरेको छ । उनले विपद् व्यवस्थापनका लागि जनशक्ति तथा उपकरण तयारी अवस्थामा रहेकाले चाडपर्वमा सम्भावित आगलागीका घटनाको तत्काल प्रतिकार्य गर्ने गरी व्यवस्था मिलाइएको बताए । महानगरपालिकाले चाडपर्वलाई सुरक्षित बनाउन सर्वसाधारणलाई सावधानी अपनाउन र आगलागीको जोखिम बढाउने गतिविधिबाट बच्नसमेत आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ
OthersJust now

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ

२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई… ...

अनलाइन खबर
आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज
OthersJust now

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज

२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ। २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको… ...

अनलाइन खबर
जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते
OthersJust now

जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते

जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...

पर्दाफास
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल
OthersJust now

रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल

२ कात्तिक, काठमाडौं । देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो । रोहितले ८१ बलमा २ चौका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play