जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते

जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् । ज्योति रोकायाका छोरा १४ वर्षीय बल बहादुर रोकाया खुट्टामा चोट लागेको हो । पाइप विस्फोटका कारण बालकको खुट्टामा गम्भीर क्षति पुगेको वडाध्यक्ष रोकायाले जानकारी दिए । उनका अनुसार घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन् । वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र गोलीका छर्राजस्तो वस्तु भरिएको आशंका गरिएको छ । विगतमा कमल थापाको घरमा माओवादी बसेको भन्ने जानकारीका आधारमा पुरानो विस्फोटक पदार्थ त्यहाँ रहेको हुनसक्ने उनले बताएका छन्। यद्यपि, पाइपभित्र के पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ । विस्फोटमा गम्भीर घाइते भएका बालक बल रोकायालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने तथा आवश्यक अनुसन्धान गर्ने काममा जुटेको बुझिएको छ । घटनाबारे प्रहरीको आधिकारिक विवरण र घाइतेहरूको थप स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कर्णाली याक्सका अध्यक्षको प्रतिक्रिया : एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक
२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिने निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका छन्। उनले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव र क्लबबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए। मान्यतासँगै क्लबले आफूले चाहेका स्तरीय टेस्ट खेलाडी भित्र्याउन पाउने बाटो खुलेको उल्लेख गर्दै घिमिरेले… ...

जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते
२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ। आज सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइप काट्ने क्रममा… ...

एक हप्तामा १७ हजार मात्र कमायो, तैपनि शीर्षस्थानमा ‘गौथली’
चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ? यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने भर्खरै प्रदर्शनमा आएका तीन फिल्मलाई छाडेर सार्वजनिक गरिएको रिपोर्टले पुरानै सिलसिला कायम रहेको देखाएको छ । जस्तो, पहिलो नम्बरमा ‘गौथली’ छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘पेन्सन पट्टा’ र ‘बा… ...

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा खेरेश
२ कात्तिक, सुनसरी । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैठौं अधिवेशनले देवेन्द्र खेरेसलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । सोमबार सम्पन्न प्रतिष्ठानको अधिवेशनले खेरेसलाई चयन गरेको हो । प्रतिष्ठानको कार्यसमितिमा उपाध्यक्ष मिजास तेम्बे, महासचिवमा महासचिवमा चोक गुरूङ सचिवमा अञ्जु अन्जली र कोषाध्यक्षमा निर्मला परिवेश राईलाई चयन गरेको छ । निवर्तमान अध्यक्ष टंक वनेमले नवनिर्वाचित कार्यसमितिलाई कायकाल… ...


