काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ । सधैँजसो तीव्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि नै उपत्यकाका मुख्य नाकाहरू थानकोट, जगाती, दक्षिणकाली र टोखा हुँदै लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रुहरू बाहिरिने क्रम तीव्र बनेको थियो । सधैँ ट्राफिक जामको सास्ती खेप्नुपर्ने नयाँ बानेश्वर, कोटेश्वर, माईतीघर, चाबहिल, रत्नपार्क तथा कलंकीलगायतका व्यस्त चोकहरूमा सवारी आवागमन नगण्य बनेको छ । सडकमा फाट्टफुट्ट निजी तथा सार्वजनिक यातायातका साधन मात्रै गुडिरहेका छन् भने दैनिक खुल्ने अधिकांश पसल, व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द छन् । सडकमा सवारी चाप उल्लेख्य रूपमा घटेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज देखिएको छ । यद्यपि सर्वसाधारण गाउँ गएपछि रित्ता बनेका घर तथा बस्तीहरूमा हुनसक्ने चोरी, लुटपाट र आपराधिक घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र तथा आवासीय बस्तीहरूमा चौबीसै घण्टा सुरक्षा गस्ती र निगरानी बढाइएको छ । दशैँको मुख्य दिन टीका तथा त्यसपछिका केही दिनसम्म उपत्यकाको चहलपहल न्युन नै रहने र कोजाग्रत पूर्णिमापछि मात्रै सर्वसाधारण पुनः राजधानी फर्किन थाल्ने भएकाले आगामी केही दिनसम्म उपत्यकाको वातावरण यस्तै शान्त रहने अनुमान गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पश्चिम एसिया तनावबीच कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी
२ असोज, काठमाडौं । कतारले आफ्नो सैन्य क्षमता सुदृढ गर्ने उद्देश्यले चाँडै नै एउटा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी गरेको छ। कतारका उपप्रधानमन्त्री तथा रक्षा राज्यमन्त्री शेख साउद बिन अब्दुलरहमान अलथानीले दोहामा आयोजित ग्लोबल सेक्युरिटी फोरममा यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, कतारले भर्खरै आफ्नो रक्षा क्षमताको समीक्षा गर्दै वायु रक्षा, एन्टी-ड्रोन प्रविधि,… ...

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ
२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई… ...

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज
२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ। २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको… ...

जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते
जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...


