काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चाडपर्वलाई लक्षित गर्दै मुलुकको शान्ति–सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसी र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँगको छलफलमा प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका हुन्। उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, सूचना आदानप्रदान र सहकार्य प्रभावकारी बनाउन जोड दिँदै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउनसमेत निर्देशन दिएका छन्। चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले समग्र सुरक्षा अवस्थाबारे सुरक्षा प्रमुखहरूबाट जानकारी लिएका हुन्।
चाडपर्वको सुरक्षामा प्रधानमन्त्रीको चासो, सुरक्षा प्रमुखलाई दिए यस्तो निर्देशन

Read Complete Original Article
Published originally on टक्सार






