Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् । साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल
OthersJust now

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । ...

पर्दाफास
आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित
OthersJust now

आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् । आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो । एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधि सहभागी महासभाबाट उनको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाली ...

पर्दाफास
चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ
OthersJust now

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play