दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसको जितमा सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे । उनले पहिलो हाफको अतिरिक्त समयमा ४६औँ मिनेटमा गोल गरेका थिए । खेलमा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामाले पहेँलो कार्ड पाए । यस्तै, गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पनि पहेँलो कार्ड सामना ग...
गण्डकीलाई हराउँदै नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा

Read Complete Original Article
Published originally on फरकधार






