Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक-बेगनास सडक निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
चारपटक म्याद थप्दा पनि सकिएन तालचोक-बेगनास सडक निर्माण
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरीे अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो । सङ्घ सरकारको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो । इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो । “महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ”, उनले भने, “मङ्सिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।” सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए । केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैङ्क, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो । जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए । “पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुःखद छ,” उनले भने, “निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ ।” निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमूना सडक बन्ने उहाँको भनाइ छ । सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ । महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
Latest NewsJust now

गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य

बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसै वर्ष बागलुङको निसेलढोरमा केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्। निसेलढोरमा विद्युत् पुगेपछि गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ। बिहीबार बागलुङको ढोरपाटनमा केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि यसै वर्ष बिजुली पुर्‍याउने लक्ष्य रहेको बताए। बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको निरीक्षणपछि उनले विद्युत् ...

नेपालन्युज
जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार
Latest NewsJust now

जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार

• साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले उत्पादन कोटाहरू निर्धारण गर्न अनलाइन बैठक गर्दैछन्, जसमा कठिन वार्ताको अपेक्षा गरिएको छ। • ओपेक सदस्य इरान र युक्रेनमा रुसको आक्रमणका कारण ऊर्जा बजारमा अनिश्चितता छ, जसले उत्पादन कोटामा असहमति निम्त्याउन सक्छ। • इराकले आफ्नो उत्पादन क्षमताको मूल्यांकन अस्वीकार गर्दै ओपेकसँग उत्पादन सीमा बढाउन वार्ता गरिरहेको छ, जबकि संयुक्त ...

नेपालबहस
४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान
Latest NewsJust now

४० वर्ष कटेपछि दौड सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान

• ४० वर्षपछि दौड सुरु गर्न ढिला भइसकेको सोच गलत हो, नियमित अभ्यास र उचित प्रशिक्षणले स्वस्थ जीवनशैली कायम गर्न मद्दत गर्छ। • दौडले मुटुको स्वास्थ्य सुधार, रक्तचाप नियन्त्रण, र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, तर शरीरको अवस्थाअनुसार सावधानी अपनाउन आवश्यक छ। • दौड सुरु गर्नुअघि स्वास्थ्य परीक्षण गराउनु उपयुक्त छ र प्रारम्भिक चरणमा क्रमिक अभ्यास र बलियो मांसपेशीको विकासमा ...

नेपालबहस
लागूऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

लागूऔषधसहित चार जना पक्राउ

झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement