साउदी प्रो लिगअन्तर्गत शनिबार राति भएको खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल हजेमलाई १–० गोलले पराजित गरेको हो । अल नासरको जितमा सामु कोस्टाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनको गोलमा अल नासरले महत्वपूर्ण तीन अंकसमेत जोडेको छ । यस जितसँगै अल नासरले घरेलु लिगमा लगातार १०० खेलमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् २०२३ डिसेम्बरमा अल रियादविरुद्धको खेलबाट सुरु भएको गोल गर्ने शृङ्खलालाई अल नासरले निरन्तरता दिएको हो । लगातार १०० लिग खेलमा गोल गर्न सफल हुनु अल नासरका लागि महत्वपू...
अल नासरको ऐतिहासिक शतक, रच्यो इतिहास

Read Complete Original Article
Published originally on फरकधार






