सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा कविता कुँवरले अविजित २०, कप्तान लक्ष्मी साउदले अविजित १८, सम्झना खड्काले १६ र रुवी पोदारले १३ रनको योगदान दिए । सुदूरपश्चिमका लागि अनु कडायतले एक विकेट लिइन् भने आर्मीका दुई ब्याटर रन आउट भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरे...
सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी महिला क्रिकेटको फाइनलमा

Read Complete Original Article
Published originally on फरकधार






