Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जटिल २०२७ तेल उत्पादन वार्ताका लागि ओपेक प्लस तयार
Photo / Coverage: नेपालन्युज

लन्डन। साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले आइतबार अनलाइन बैठक गरी अर्को वर्षका लागि आफ्ना उत्पादन कोटाहरू निर्धारण गर्ने भएका छन् । विश्लेषकहरूले अनिश्चित बजार दृष्टिकोणका बीच कठिन वार्ताको अपेक्षा गरेका छन् । पेट्रोलियम निर्यातक देशहरूको संगठनका १२ सदस्य र यसका सहयोगीहरू (ओपेक प्लस) ले प्रत्येक सदस्यका लागि नयाँ आधारभूत क्षमता स्तरको जल्दोबल्दो मुद्दालाई पनि सम्बोधन गर्नेछन्, जसले उत्पादन कोटाको आधार बनाउँछ । ओपेक सदस्य इरानविरुद्ध अमेरिकाको युद्ध र युक्रेनमा रुसको आक्रमणमा ऊर्जा पूर्वाधारमाथिको आक्रमण बढ्दा परिदृश्य अस्पष्ट बनेको छ । रिष्ट्याड इनर्जीका विश्लेषक जर्ज लियोनले एएफपीसँग भने, ‘यो वर्षौंमा सबैभन्दा जटिल ओपेक प्लस बैठक हुनेछ।’ उनले भने, ‘संगठनका लागि केही लक्ष्यहरू ठोस रूपमा निर्धारण गर्न निकै गाह्रो हुनेछ।’ ब्लूमबर्गले ओपेक प्लसले भूराजनीतिक अनिश्चितताका कारण जनवरीका लागि हालका उत्पादन कोटाहरू कायम राख्न सक्ने रिपोर्ट गरेको छ । यसका लागि समूहका दुई अज्ञात प्रतिनिधिहरूलाई स्रोत बनाएको छ । युक्रेन र इरान युद्धका कारण महिनौंसम्म अभाव र आकाशिँदो मूल्यपछि नयाँ अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले चौथो त्रैमासिकमा बजारमा पुनः अतिरिक्त आपूर्ति फर्किने पूर्वानुमानसहित उत्पादन मापदण्डहरू निर्धारण गर्ने बताइएको छ। आपूर्ति बढ्दै गए पनि माग कमजोर छ । ग्लोबल रिस्क म्यानेजमेन्टका विश्लेषक अर्ने लोहमान रासमुसेनले भने, ‘विश्वव्यापी तेलको ठूलो अतिरिक्त आपूर्तिले २०२७ मा उत्पादन कटौती आवश्यक पार्न सक्छ।” यस्तो अवस्थामा ओपेक प्लस सदस्यहरूका लागि मुख्य प्रश्न कसले यो प्रयास गर्न तयार हुनेछ भन्ने हुनेछ । सन् २०२७ बाट उत्पादन कोटाको सन्दर्भका रूपमा काम गर्ने नयाँ क्षमता स्तरहरू दुई वर्षको विश्लेषणपछि बाह्य परामर्शदाता फर्म, अमेरिकास्थित डिगोइलर एण्ड म्याक्नटनद्वारा तयार पारिएको छ ।’ ओपेक महासचिव हैथम अल-घाइसले नोभेम्बर मध्यमा भनेका थिए, ‘पहिलो पटक, अधिकतम दिगो उत्पादन क्षमताहरू स्वतन्त्र र वस्तुनिष्ठ प्रक्रियाबाट मूल्यांकन र स्थापित गरिएको छ ।’ खाडीमा द्वन्द्व र रुस-युक्रेन युद्धको तीव्रताले धेरै प्रमुख सदस्य देशहरूको तेल उद्योगमा गम्भीर अवरोध पुर्‍याएको छ । लियोनले भने, ‘उत्पादनमा कमी भएका हरेक देशसँग यो कमी अस्थायी हो भन्ने विश्वसनीय तर्क छ र उनीहरू उच्च कोटाका लागि दबाब दिन सक्छन् ।’ मध्यपूर्वको युद्धबाट सबैभन्दा बढी प्रभावित खाडी उत्पादकहरू मध्ये एक इराकले आफ्नो उत्पादन क्षमताको मूल्यांकनलाई पहिल्यै अस्वीकार गरेको रिपोर्ट छ । नयाँ मूल्यांकनले यसलाई दैनिक पचास लाख ब्यारेलभन्दा कम राखेको छ, तर इराकले प्रतिदिन ५२ लाख ब्यारेल उत्पादन गर्न सक्ने दाबी गरेको ब्लूमबर्गले जनाएको छ । इराकी इन्धन मन्त्री बासेम खुदैयरले शुक्रबार भने, ‘हामी ओपेकसँग उत्पादन सीमा बढाउन वार्ता गरिरहेका छौँ र यो वार्ता केवल शिष्टाचार मात्र होइन । इराक ओपेकका संस्थापक सदस्यमध्ये एक हो, र आफ्ना अधिकारहरूको रक्षा गर्नु हाम्रो अधिकार हो।’ डीएनबी कार्नेगीका विश्लेषकहरूले भनेका छन्, ‘इराकले लामो समयदेखि उत्पादन प्रतिबन्धले देशको पुनर्निर्माणका लागि वित्त जुटाउने क्षमता सीमित गर्छ भन्ने तर्क गर्दै आएको छ।’ उत्पादन कोटामा असहमति संयुक्त अरब इमिरेट्सले यस वर्षको सुरुमै ओपेक छोड्नुको मुख्य कारण थियो । अबु धाबीले ‘राष्ट्रिय हित’ को आधारमा आफ्नो निर्णयलाई जायज ठहर्‍याएको थियो, किनकि उसले आफ्नो उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउने लक्ष्य राखेको छ। पीभीएमका विश्लेषक तामास भर्गाले एएफपीसँग भने, ‘यूएईले ओपेक छोडेपछि बाँकी सदस्यहरूसँग अतिरिक्त उत्पादन क्षमता छ, उनीहरू उच्च कोटाका लागि दबाब दिने वा अन्यथा छोड्ने चेतावनी दिन प्रोत्साहन पाउनेछन्।’ लियोनले भने, ‘ओपेक प्लसले मूल्यलाई समर्थन गर्न रोकेको हरेक ब्यारेलले यूएईलाई बिक्री बढाउने अवसर सिर्जना गर्छ।’ उनले अगाडि भने, ‘साउदी अरबपछि यूएईसँग सबैभन्दा ठूलो अप्रयुक्त तेल भण्डार थियो।’ रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा समूहका नेता सवार  जहाज डाइभर्ट
Latest NewsJust now

देउवा समूहका नेता सवार जहाज डाइभर्ट

काठमाडौँ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण गरेको छ। ९एन–एओजी कलसाइन भएको उक्त जहाज सुर्खेतको आकाशमा केहीबेर फन्को मारेपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्जमा अवतरण गरेको जहाज पुनः सुर्खेतका लागि उडेको छ। उक्त जहाजमा नेपाली कांग्रेसको देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महतलगायत सवार थिए। ...

केन्द्रबिन्दु
किन हुन सकेन कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन ?
Latest NewsJust now

किन हुन सकेन कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन ?

कांग्रेसले सुरुमा असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर पार्टीभित्रको विवाद र बाढीपहिरो प्रभावित जिल्लाको अवस्थाका कारण तल्लो तहको अधिवेशन पटक–पटक सार्दै अन्ततः केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गर्‍यो । ...

कान्तिपुर
चारपटक म्याद थप्दा पनि सकिएन तालचोक-बेगनास सडक निर्माण
Latest NewsJust now

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक-बेगनास सडक निर्माण

गण्डकी । विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरीे अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । पछिल्लोपटक गत असारमा थपिएको म्याद ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement