एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग घोषणा, फागुन १ देखि सञ्चालन गर्ने दाबी

नेपाली फुटबलको आधिकारिक निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बनमा रहेका बेला सात फ्रेन्चाइज क्लब सम्मिलित निजी समूहले प्राविधिक सहयोग र स्वीकृतिबिनै नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै विश्व फुटबल महासङ्घ (फिफा) ले एन्फालाई निलम्बन गरेको अवस्थामा शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी फागुन १ गतेदेखि नयाँ लिग सञ्चालन गर्ने घोषणा गरिएको हो । लिगको प्रमुखमा ललितपुर सिटी एफसीका मालिक कल्याण गुरुङ र कमिसनरमा राजु घिसिङ रहेका छन् । यसअघि नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले गत जेठ ३ गते सम्पूर्ण तयारी पूरा भएको जनाउँदै भदौ २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही दिन प्रबन्ध निर्देशक नियुक्त भएका घिसिङकै नेतृत्वमा घोषणा गरिएको एनएसएल भने सञ्चालन हुन सकेन । आयोजकले प्रतियोगिता हुन नसक्नुको स्पष्ट कारणसमेत सार्वजनिक गरेको छैन । नयाँ लिगका प्रमुख गुरुङले सात क्लब मिलेर निजी स्तरमा प्रतियोगिता सञ्चालन गर्न लागेको र एनएसएलसँग अनुमति लिएको दाबी गरे । एन्फा निलम्बनमा रहेको र फुटबल गतिविधि ठप्प भएको अवस्थामा लिग सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनले क्लबको जिम्मेवारी छाडेर लिग व्यवस्थापनमा केन्द्रित हुनेसमेत बताए । ‘नयाँ युगको सुरुवात’ नारा दिइएको प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी सहभागी हुनेछन् । आयोजकका अनुसार क्लब सङ्ख्या बढाएर १० सम्म पुर्याउने तयारी छ । कमिसनर घिसिङले चार महिनासम्म चल्ने प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने बताए । एन्फाको निलम्बन फुकुवा भएपछि आधिकारिकता लिने उनको दाबी छ । एन्फा निलम्बनकै कारण एनएसएल अघि बढ्न नसकेको उल्लेख गर्दै उनले दुवै लिग सञ्चालन हुने विश्वास व्यक्त गरे । एफसी चितवनका मालिक सचिन ढकालले सात क्लब मिलेर ठप्प रहेको नेपाली फुटबललाई चलायमान बनाउन खोजेको बताए । प्रतियोगिता सञ्चालनका क्रममा आउने बाधा क्रमशः समाधान गर्दै जाने उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

आईजीपी कार्कीबाट उत्कृष्ट प्रहरीलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । आईजीपी कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा […] ...

नेपालमा आईसीसी एसिया सम्मेलन हुने
३० असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ। नोभेम्बर १७ देखि नै प्रतिनिधिहरू आउने छन् । नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ प्रतिनिधिहरू… ...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले दुई अध्यादेश प्रमाणीकरण गरी जारी गरेका हुन्। जारी गरिएका अध्यादेशहरूमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ रहेका छन्। ...

उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे । प्रधान सेनापति सिग्देलले ...


