उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे । प्रधान सेनापति सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

गाउँबस्तीमा कमेरो माटोको प्रयोग हराउँदै, आधुनिकतासँगै बदलिँयो मानिसको रोजाइ
दशैँ नजिकिँदै गर्दा गाउँ–सहरका घरहरू सफा वा लिपपोत गर्ने र नयाँ रङरूप दिने प्रचलन छ । घटस्थापनाअघि घर सफा गरेर सेतो कमेरो र रातो माटोले भित्ता सजाउने परम्पराले नेपाली गाउँघरमा दशैँ आएको सङ्केत दिन्थ्यो। घरको माथिल्लो भागमा सेतो कमेरो र तल्लो भागमा रातो माटो लगाउँदा परम्परागत ढुङ्गा र माटोका घरहरू आकर्षक देखिन्थे। तर पछिल्लो समय गाउँघरमा कमेरो माटोले घर पोत्ने चलन ...

यस वर्षको दशैँमा कस्तो रहला मौसम ?
यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् डेभिड ढकालले दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए । उनका ...

एसियाड पदक विजेता तेन्जिङलाई तारकेश्वरको सम्मान
तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ । ...

मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत
नेकपा एमालेले साढे पाँच महिना पश्चात कांग्रेसको साथ छोडेको छ। एमालेले अब कांग्रेसबाहेकको सरकार बनाउने बताएको छ। ...


