यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् डेभिड ढकालले दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए । उनका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । फूलपातीका दिन देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । यस्तै, रातिको समयमा देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ । अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । अष्टमीका दिन पनि देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । रातीको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ । कात्तिक २, ३ र ४ गते अर्थात् नवमी र दशमीसम्म पनि देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ । यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । समग्रमा यस वर्षको दशैँमा अधिकांश स्थानको मौसम सामान्यतया अनुकूल रहने देखिए पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ । तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले पनि जनजीवन र यात्रामा प्रभाव पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर यात्रा गर्न उपयुक्त हुनेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएललाई आईसीसीको औपचारिक मान्यता
नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत ...

बीटीआई ग्रुपको सिइओमा दिलीपराज बराल नियुक्त
काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् । महोत्तरीका ४८ वर्षीय बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका… ...

मक्कामा ‘अश्लील कृत्य’को अभियोगमा दुई बङ्गलादेशीलाई मृत्युदण्ड
साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा 'अश्लील कृत्य' गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार बङ्गलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई सुरक्षा अधिकारीहरूले पक्राउ गरी अदालतमा पेस गरेका थिए। अदालतले मक्का मस्जिदको पवित्रता उल्लङ्घन र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई दोषी… ...

गोरखाका डीएसपी श्रेष्ठ सम्मानित
३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठ सम्मानित भएका छन् । ७१औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई सम्मान गरेको हो । श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ । विपद् प्रतिकार्य, खोज तथा उद्दार कार्यमा समेत उनको नेतृत्वदायि… ...


